logo

एसिड आक्रमणको सत्य कथामा आधारित चलचित्र नमेटिने घाउँ भदौ ७ बाट प्रर्दशनमा आउने

 इसीमाना सम्वाददाता     २०८१ भदौ १ गते ०७: ४४ मा प्रकाशित     675   पटक पढिएको

बीरगंज । एसिड आक्रणको घटनामा आधारित रहेर निर्माण भएको नेपाली चलचित्र नमेटिने घाउँ भदौ ७ गतेदेखी नेपाल भर प्रर्दशन हुने भएको छ ।

चलचित्रका निर्देशक रोमीत ढुङ्गानाले शनिवार बीरगंजको होटेल कन्ट्री इनमा आयोजीत पत्रकार सम्मेलनमा चलचित्र प्रर्दशन बारेमा जानकारी दिएका हुन ।


मुलुकमा ३३ वटा एसिड काण्ड भएका उनले बताए । एसिडको आक्रमणमा परेर जीवन बाँचेकाहरुको संघर्षको चलचित्रको कथाबस्तु रहेको उनले बताए ।

एसिड आक्रमणमा परेर सर्घष गरिरहेकाहरु नै चलचित्रको पात्र भएकोले नमेटिने घाउँ सत्य घटनामा मात्र केन्द्रीत छैन की अभियनय पनि जीवन्त रहेको उनले बताए ।


चलचित्र सचेतनामुलक रहेको र त्यसको माध्यमले एसिडद्वारा आक्रमण गर्नेहरुलाई आजीवन कारावास र एसिडको उपलब्धतालाई कडा बनाउनु पर्ने माँग गरिएको ढुङ्गानाले बताए ।


उनले एसिड आक्रमणका बिरुद्ध आनदोलन गर्ने र त्यसको नियन्त्रणकालागि र आक्रमणकारीलाई कारवाही गर्नकालागि अध्यादेश ल्याउने बर्तमान प्रधानमंत्री के..पी.ओली पूर्व प्रधानमंत्री माधव कुमार नेपाल, प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राणा र कुमोद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मा, राप्रपा नेता ज्ञानेन्द्र शाहीको  पनि चलचित्रमा अभियन रहेको उनले बताए ।


पत्रकार सम्मेलनमा एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनले चलचित्र हेरिदिनकालागि सबैलाई अपिल गरिन । उनले एसिड आक्रमणका बिरुद्ध सचेतना जरुरी रहेकोले चलचित्र सचेतनाको बलियो माध्यम भएको बताइन ।


नेपाली ३ करोडको लागतमा निर्माण भएको चलचित्रमा चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा, आरजु अधिकारी, आरजु लेखक सहित १ सय १० भन्दा बढी कलाकारको अभिनय रहेको छ । ५८ दिनमा निर्माण सम्पन्न भएको चलचित्र नमेटिने घाउँ बीरगंजमा पनि सुटिङ भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.