logo

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २६ गते ०७: ३१ मा प्रकाशित     466   पटक पढिएको

काठमाडौं  चलचित्रराजकुमारीको औपचारिक निर्माण घोषणा गरिएको छ। करिब करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

चलचित्रको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन् निर्देशक विश्वकर्माले यस चलचित्रलाईड्रिम प्रोजेक्टको रुपमा लिएको बताए

 

 उनले भने, –‘मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ। यसका पछाडी केहि कारण छन्, त्यो पछि खुलाउनेछु

रेडलाइन्स फिल्म प्रा.लि. को ब्यानरमा निर्माण हुने यस चलचत्रिलाई पी.बी. थापाले एकल रुपमा लगानी गर्दैछन् निर्माता थापाले यो चलचित्रको कथा यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण लगानी गर्न तयार भएको जनाए ।

 

 थापाले भने, ‘नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन्। बाँकी कुरा सुभमुहुर्त कार्यक्रममा बोल्नेछौं

फिल्मको मुख्य पात्र राजकुमारी को भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको

 

निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग कुराकानी गरिरहेको भएपनि मुख्य अभिनेत्री को हुने भन्ने बिषय टुंगोमा नपुगेको निर्देशक विश्वकर्माले बताए

 

 यद्यपि, चलचित्रका अन्य कलाकार प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

चलचित्रको छायांकन प्रक्रिया केही महिनाभित्र सुरु गरिने गरी प्रिप्रोडक्सनको काम भैरहेको बुझिएको निर्देशक विश्वकर्माका आगामी भदौसम्म फ्लोरमा जानेगरी तयारी भइरहेको छ ।चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म फाइनल गरिएको छैन ।

टाइटल अनुसार चलचित्र राजपरिवारसँग नजिक रहेर बन्न सक्ने अनुमान गर्न सकिन्छ तर, निर्माण टिमले यसको कथावस्तु पूर्ण रूपमा खुलाएको छैन निर्माण टिमले दर्शकलाई सस्पेन्समा राख्दै सबै विवरण चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरेको

निर्देशक विश्वकर्माको चलचित्रहेल्लो काँशीरामआगामी जेठ गते देशव्यापी प्रदर्शनमा आउँदैछ। उनले पछिल्ला वर्षमा निर्देशनमा सक्रियता बढाएका छन् राजकुमारीमार्फत आफूलाई पूर्णरूपमा निर्देशकको रुपमा स्थापित गर्ने दाबी गरेका छन्।

नेपाली चलचित्र उद्योगमा नवप्रवेशी ऊर्जा मौलिक कथावस्तुको खोजी भइरहेको बेलाराजकुमारीले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। चलचत्रिको काठमाडौंमा अधिघकांश छायांकन हुनेछ भने अन्य केहि दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

भानु जयन्तीकाे अवसरमा साहित्यकार लाठ र अधिकारीका कृति पुरस्कृत

वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीमा एक कार्यक्रम सम्पन्न भएकाे छ ।

नेकपा एमालेको मधेश प्रदेशको चोथौ बैठक, खानेपानीको वैकल्पिक व्यवस्था गर्न  केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग

वीरगंज नेकपा (एमाले) मधेस प्रदेश कमिटीको चौथो बैठकले  मधेस प्रदेशमा लामो समयदेखि आवश्यक पानी नपरेको कारण मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी सिंचाई तथा खानेपानीको वैकल्पिक व्यवस्था गर्न आवश्यक बजेट परिचालन गर्न केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.