logo

कोरोनाको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन जरुरी छ-प्रसीद्धि श्रेष्ठ

      4/18/2020 गते 00 00 मा प्रकाशित     5800   पटक पढिएको

शुरूमा कोरोना संक्रमण भएको कसरी थाहा पाउनु भयो ?
मलाई टेस्ट गर्ने समयमा लक्षणहरु देखिएको थिएन । फ्रान्सबाट घर आइसकेपछि म कडा आइसोलेसनमा थिए । तर म घर आएको चौथो दिनमा मसँगै पढ्ने एक जना साथीलाई मलाई कोभिड १९ को संक्रमण देखियो भनेपछि म परीक्षण गराउन आएकी हुँ । म पनि परीक्षण गरौं न त भनेर आउँदा लक्षणहरु पनि देखिएको थिएन । २ दिनपछि नतिजा आउँदा कोरोना पोटिजिभ देखिएको भन्ने थाहा पाएँ । र यसै गरी म नेपालको दोस्रो केस भएँ भन्ने थाहा पाएँ ।

अस्पतालमा कति दिन बस्नु भयो ?
२७ दिन भयो ।

अस्पतालमा बस्दा कस्तो अनुभव रह्यो । डाक्टर र नर्सहरुको व्यवहार कस्तो पाउनु भयो ?
पहिलो कुरा त मलाई रिपोर्ट आउने वित्तिकै यहाँका डाक्टरहरूले घरमै एम्बुलेन्स पठाउनु भएको थियो । त्यो निकै इफेक्टिभ भएको थियो । डाक्टर अनुपलगायतले नै मलाई तिमी चिन्ता नलेउ भन्नु भएको थियो, यु विल बि अलराइट भनेर भन्नु भएको थियो । त्यसपछि सबै जनाले प्रोफेशनल मात्रै होइन व्यक्तिगत रुपमा पनि मलाई हेर्नु भएको छ । जहिले पनि ठीक हुन्छौं भन्नु भएको थियो । डाक्टर सागरराज भण्डारी र डाक्टर  अनुप बास्तोलाप्रति धन्यवाद भन्न चाहन्छु ।

यहाँ बस्दा, उपचारको सिलसिलामा केही कमी महसुस भयो कि भएन ?
एक पटक मलाई कफ हुँदा खेरी डाक्टर अनुपलाई भने त्यसको ४/५ मै मेरो छातीको एक्सरे पनि भइसकेको थियो । त्यसैले कुनै पनि प्रकारको कमी भएको मैले पाइन् । त्यस्तो अनुभव भएन ।

संक्रमण भएपछि शरीरमा के असजिलो हुँदो रहेछ ?
म अस्पतालमा भर्ना भएको १÷२ दिनपछि मात्रै लक्षणहरु देखिन थालेको थियो । शुरुमा श्वास फेर्न अप्ठ्यारो भएको थियो । पेटमा दुखेको थियो भने खोकी पनि थियो । मुख्यरुपमा त्यही नै थियो ।

निको भएर घर जाँदै हुनुहुन्छ, सरकारले कोभिड १९ फैलिन नदिन पनि प्रयास गरिरहेको छ । सरकारलाई के भन्न चाहनुहुन्छ ?
मुख्यकुरा त म नेपाल आउने वित्तिकै आइसोलेसनमा बसेको भएर फैलिन पाएन । तर अहिले धेरै मानिसहरु सरकारले भने अनुसार आइलेसनमा पुग्न पाउनु भएको छैन । मसँग जति सुविधा पाउनु भएको छैन होला । तर सरकारले यसका लागि धेरै काम गरेको छ । त्यसैले सरकारले उहाँहरुलाई आइसोलेसनमा राख्न प्रयास गर्नुपर्छ भन्न चाहन्छु ।

मानिसहरु के कुरामा सचेत हुनुपर्छ जस्तो लाग्छ ?
कोरोना संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन महत्वपूर्ण हो भन्ने लाग्छ । म पनि आइसोलेसनमा बसेको भएर कोरोना भाइसर फैलिन पाएन । त्यसैले यो महत्वपूर्ण हो भन्न चाहन्छु ।

(उपचारपछि निको भइ घर फर्कने क्रममा नेपाल टेलिभिजनसँग गरेको कुराकानी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.