logo

कोरोनाको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन जरुरी छ-प्रसीद्धि श्रेष्ठ

      4/18/2020 गते 00 00 मा प्रकाशित     5027   पटक पढिएको

शुरूमा कोरोना संक्रमण भएको कसरी थाहा पाउनु भयो ?
मलाई टेस्ट गर्ने समयमा लक्षणहरु देखिएको थिएन । फ्रान्सबाट घर आइसकेपछि म कडा आइसोलेसनमा थिए । तर म घर आएको चौथो दिनमा मसँगै पढ्ने एक जना साथीलाई मलाई कोभिड १९ को संक्रमण देखियो भनेपछि म परीक्षण गराउन आएकी हुँ । म पनि परीक्षण गरौं न त भनेर आउँदा लक्षणहरु पनि देखिएको थिएन । २ दिनपछि नतिजा आउँदा कोरोना पोटिजिभ देखिएको भन्ने थाहा पाएँ । र यसै गरी म नेपालको दोस्रो केस भएँ भन्ने थाहा पाएँ ।

अस्पतालमा कति दिन बस्नु भयो ?
२७ दिन भयो ।

अस्पतालमा बस्दा कस्तो अनुभव रह्यो । डाक्टर र नर्सहरुको व्यवहार कस्तो पाउनु भयो ?
पहिलो कुरा त मलाई रिपोर्ट आउने वित्तिकै यहाँका डाक्टरहरूले घरमै एम्बुलेन्स पठाउनु भएको थियो । त्यो निकै इफेक्टिभ भएको थियो । डाक्टर अनुपलगायतले नै मलाई तिमी चिन्ता नलेउ भन्नु भएको थियो, यु विल बि अलराइट भनेर भन्नु भएको थियो । त्यसपछि सबै जनाले प्रोफेशनल मात्रै होइन व्यक्तिगत रुपमा पनि मलाई हेर्नु भएको छ । जहिले पनि ठीक हुन्छौं भन्नु भएको थियो । डाक्टर सागरराज भण्डारी र डाक्टर  अनुप बास्तोलाप्रति धन्यवाद भन्न चाहन्छु ।

यहाँ बस्दा, उपचारको सिलसिलामा केही कमी महसुस भयो कि भएन ?
एक पटक मलाई कफ हुँदा खेरी डाक्टर अनुपलाई भने त्यसको ४/५ मै मेरो छातीको एक्सरे पनि भइसकेको थियो । त्यसैले कुनै पनि प्रकारको कमी भएको मैले पाइन् । त्यस्तो अनुभव भएन ।

संक्रमण भएपछि शरीरमा के असजिलो हुँदो रहेछ ?
म अस्पतालमा भर्ना भएको १÷२ दिनपछि मात्रै लक्षणहरु देखिन थालेको थियो । शुरुमा श्वास फेर्न अप्ठ्यारो भएको थियो । पेटमा दुखेको थियो भने खोकी पनि थियो । मुख्यरुपमा त्यही नै थियो ।

निको भएर घर जाँदै हुनुहुन्छ, सरकारले कोभिड १९ फैलिन नदिन पनि प्रयास गरिरहेको छ । सरकारलाई के भन्न चाहनुहुन्छ ?
मुख्यकुरा त म नेपाल आउने वित्तिकै आइसोलेसनमा बसेको भएर फैलिन पाएन । तर अहिले धेरै मानिसहरु सरकारले भने अनुसार आइलेसनमा पुग्न पाउनु भएको छैन । मसँग जति सुविधा पाउनु भएको छैन होला । तर सरकारले यसका लागि धेरै काम गरेको छ । त्यसैले सरकारले उहाँहरुलाई आइसोलेसनमा राख्न प्रयास गर्नुपर्छ भन्न चाहन्छु ।

मानिसहरु के कुरामा सचेत हुनुपर्छ जस्तो लाग्छ ?
कोरोना संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन महत्वपूर्ण हो भन्ने लाग्छ । म पनि आइसोलेसनमा बसेको भएर कोरोना भाइसर फैलिन पाएन । त्यसैले यो महत्वपूर्ण हो भन्न चाहन्छु ।

(उपचारपछि निको भइ घर फर्कने क्रममा नेपाल टेलिभिजनसँग गरेको कुराकानी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.