logo

सूर्य नेपालद्वारा जितपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई  एम्बुलेन्स हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०७८ सावन ६ गते ०९: ४० मा प्रकाशित     1008   पटक पढिएको

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले जितपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई अत्याधुनिक एम्बुलेन्स उपलब्ध गराएको छ।


कम्पनीको परिसरभित्र कम्पनीका जनरल मेनेजर प्रभाकर बिक्रम शाहले एम्बुलेन्सको साँचो नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहलाई हस्तान्तरण प्रदान गर्नु भएको  हो ।

 

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा कम्पनीको तर्फबाट कमर्सियल म्यानेजर उमेशजङ्ग थापा, ई.सुरेशकाजी श्रेष्ठ, यज्ञबहादुर आले, माधव खनाललगायतको उपस्थिति रहेको थियो  ।

 

त्यस्तै  नगर उद्योग बाणिज्य संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने, उपाध्यक्ष मनोज गुप्ता, महासचिव शिवजी साह, कोषाध्यक्ष अमर यादव, उद्योग सचिव एवं एम्बुलेन्स संचालन समितिका संयोजक लक्ष्मण अधिकारीको सहभागिता रहेको थियो।

 

नगर उद्योग वाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले सबैको सहकार्य र समन्वयमा स्वाथ्य र शिक्षा क्षेत्रमा सेवा गरिने बताउनुभयो ।

 

यस्तै उहाँले उद्योगी र व्यवसायीलाई आइपर्ने जुनसुकै समस्या समाधान गर्न उद्योग वाणिज्य सँघले पहल गर्ने दावी गर्नुभयो । शर्माले सरकारसँग उद्योगी, व्यवसायीहरूलाई कोभिड खोपको लागि अपिल गरिएको वताउनुभयो ।

 


नेपाल सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउने सूर्य नेपालले सामाजिक उत्तरदायित्वको पाटोमा महत्वपूर्ण  योगदान स्वरूप कोबिड १९ महामारीको विषम परिस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरेकोमा उद्योग वाणिज्य सँघले कम्पनी परिवारप्रति धन्यवाद व्यक्त गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.