logo

सूर्य नेपालद्वारा जितपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई  एम्बुलेन्स हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०७८ सावन ६ गते ०९: ४० मा प्रकाशित     1144   पटक पढिएको

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले जितपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई अत्याधुनिक एम्बुलेन्स उपलब्ध गराएको छ।


कम्पनीको परिसरभित्र कम्पनीका जनरल मेनेजर प्रभाकर बिक्रम शाहले एम्बुलेन्सको साँचो नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहलाई हस्तान्तरण प्रदान गर्नु भएको  हो ।

 

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा कम्पनीको तर्फबाट कमर्सियल म्यानेजर उमेशजङ्ग थापा, ई.सुरेशकाजी श्रेष्ठ, यज्ञबहादुर आले, माधव खनाललगायतको उपस्थिति रहेको थियो  ।

 

त्यस्तै  नगर उद्योग बाणिज्य संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने, उपाध्यक्ष मनोज गुप्ता, महासचिव शिवजी साह, कोषाध्यक्ष अमर यादव, उद्योग सचिव एवं एम्बुलेन्स संचालन समितिका संयोजक लक्ष्मण अधिकारीको सहभागिता रहेको थियो।

 

नगर उद्योग वाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले सबैको सहकार्य र समन्वयमा स्वाथ्य र शिक्षा क्षेत्रमा सेवा गरिने बताउनुभयो ।

 

यस्तै उहाँले उद्योगी र व्यवसायीलाई आइपर्ने जुनसुकै समस्या समाधान गर्न उद्योग वाणिज्य सँघले पहल गर्ने दावी गर्नुभयो । शर्माले सरकारसँग उद्योगी, व्यवसायीहरूलाई कोभिड खोपको लागि अपिल गरिएको वताउनुभयो ।

 


नेपाल सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउने सूर्य नेपालले सामाजिक उत्तरदायित्वको पाटोमा महत्वपूर्ण  योगदान स्वरूप कोबिड १९ महामारीको विषम परिस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरेकोमा उद्योग वाणिज्य सँघले कम्पनी परिवारप्रति धन्यवाद व्यक्त गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.