logo

सिंगापुर र वीरगञ्ज उधोग वाणिज्य सङ्घवीच आपसी हितकालागि सम्झौता सम्पन्न

 इसीमाना सम्वाददता     २०७९ कार्तिक २२ गते ०६: १९ मा प्रकाशित     681   पटक पढिएको


सिंगापुर उधोग वाणिज्य सङ्घ र वीरगञ्ज उधोग वाणिज्य सङ्घले निजीक्षेत्रको व्यापार तथा व्यापारिक गतिविधि प्रर्वद्धन गर्ने, द्विराष्ट्रिय व्यापार प्रर्वद्धनमा दुवै राष्ट्रका निजीक्षेत्रका व्यवसायीलाई सहयोग तथा सहजीकरण गर्ने तथा दुवै संस्थाको दिगो आपसी हित हुने कार्य गर्ने उद्देश्यले एक सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण टोलीले मंगलवार सिंगापुरमा आयोजना भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरुसँग भेटघाट तथा छलफल पछि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पत्रमा वीरगञ्ज उवासङ्घको तर्फबाट अध्यक्ष डा. गुप्ता तथा सिंगापुर उवासङ्घका तर्पmबाट अध्यक्ष चिउ बून थोङ्गले हस्ताक्षर गरेका छन । सम्झौता पत्रमा दुवै संस्थाले द्विराष्ट्रिय व्यापार व्यवसायसँग सम्बन्धित सूचना आदान प्रदान गर्ने, संयुक्त लगानी तथा साझेदारी व्यापारलाई प्राथमिकतमा दिने, प्राविधिक विशेषज्ञको व्यवस्था गर्ने, दुवै संस्थाले व्यापारिक उद्देश्यका लागि दुवै राष्ट्रको भ्रमण गर्ने, बैठक, सेमिनार तथा छलफल कार्यक्रमको आयोजना गर्ने र द्विराष्ट्रिय सम्बन्धलाई अझै मजबुत बनाउन विभिन्न प्रस्तावहरु ल्याउने जस्ता कुराहरु उल्लेख गरिएको छ ।

सिंगापुर र भियतनामले अंगिकार गरेको विकास नीति नेपालले पनि कसरी अनुशरण गर्ने सन्दर्भमा गरिएको दुई राष्ट्रको अध्ययन अवलोकन भ्रमण ऐतिहासिक हुने र यसले भविष्यमा नेपालमा सार्थक योगदान पु¥याउने विश्वास रहेको वीउवासङ्घका अध्यक्ष डा। गुप्ताले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नो राष्ट्रिय पहिचानलाई बदलिँदो समयसँगै विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो संस्थागत सम्बन्ध विस्तार गरेर पर्सेली अर्थकर्मीहरुलाई भविष्यमा आ–आफ्नो व्यापारिक क्रियाकलापको प्रबद्र्धन गर्ने दिशामा नयाँ अध्याय थपिएको अध्यक्ष गुप्ताले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.