logo

सिंगापुर र वीरगञ्ज उधोग वाणिज्य सङ्घवीच आपसी हितकालागि सम्झौता सम्पन्न

 इसीमाना सम्वाददता     २०७९ कार्तिक २२ गते ०६: १९ मा प्रकाशित     810   पटक पढिएको


सिंगापुर उधोग वाणिज्य सङ्घ र वीरगञ्ज उधोग वाणिज्य सङ्घले निजीक्षेत्रको व्यापार तथा व्यापारिक गतिविधि प्रर्वद्धन गर्ने, द्विराष्ट्रिय व्यापार प्रर्वद्धनमा दुवै राष्ट्रका निजीक्षेत्रका व्यवसायीलाई सहयोग तथा सहजीकरण गर्ने तथा दुवै संस्थाको दिगो आपसी हित हुने कार्य गर्ने उद्देश्यले एक सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण टोलीले मंगलवार सिंगापुरमा आयोजना भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरुसँग भेटघाट तथा छलफल पछि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पत्रमा वीरगञ्ज उवासङ्घको तर्फबाट अध्यक्ष डा. गुप्ता तथा सिंगापुर उवासङ्घका तर्पmबाट अध्यक्ष चिउ बून थोङ्गले हस्ताक्षर गरेका छन । सम्झौता पत्रमा दुवै संस्थाले द्विराष्ट्रिय व्यापार व्यवसायसँग सम्बन्धित सूचना आदान प्रदान गर्ने, संयुक्त लगानी तथा साझेदारी व्यापारलाई प्राथमिकतमा दिने, प्राविधिक विशेषज्ञको व्यवस्था गर्ने, दुवै संस्थाले व्यापारिक उद्देश्यका लागि दुवै राष्ट्रको भ्रमण गर्ने, बैठक, सेमिनार तथा छलफल कार्यक्रमको आयोजना गर्ने र द्विराष्ट्रिय सम्बन्धलाई अझै मजबुत बनाउन विभिन्न प्रस्तावहरु ल्याउने जस्ता कुराहरु उल्लेख गरिएको छ ।

सिंगापुर र भियतनामले अंगिकार गरेको विकास नीति नेपालले पनि कसरी अनुशरण गर्ने सन्दर्भमा गरिएको दुई राष्ट्रको अध्ययन अवलोकन भ्रमण ऐतिहासिक हुने र यसले भविष्यमा नेपालमा सार्थक योगदान पु¥याउने विश्वास रहेको वीउवासङ्घका अध्यक्ष डा। गुप्ताले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नो राष्ट्रिय पहिचानलाई बदलिँदो समयसँगै विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो संस्थागत सम्बन्ध विस्तार गरेर पर्सेली अर्थकर्मीहरुलाई भविष्यमा आ–आफ्नो व्यापारिक क्रियाकलापको प्रबद्र्धन गर्ने दिशामा नयाँ अध्याय थपिएको अध्यक्ष गुप्ताले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.