logo

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीद्वारा भियतनाममा प्रो ट्रेड इन्टरनेशनल टेक पार्कको आवलोकन

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २५ गते ०७: ०३ मा प्रकाशित     559   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरु सहित होचिमिन्ह सिटीमा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् ।


वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको भएको छलफल तथा भियतनामका उद्योगी व्यवसायीहरुले “होचिमिह सिटी”मा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) भ्रमण र अवलोकनका लागि गरेको आग्रह अनुसार सङ्घको टोलीले सो व्यापारिक पार्कको भ्रमण अवलोकन गरेका थिए ।

 

उक्त अवसरमा सङ्घको भ्रमण टोलीले व्यापारिक पार्कका महानिर्देशक संग भेटघाट तथा अन्तरक्रिया गरेको थिए ।
अन्तरक्रियाको क्रममा व्यपारिक पार्कका महानिर्देशकले व्यापारिक पार्कको विशेषताबारे वीरगञ्ज उद्योग वाणिज्य सङ्घको भ्रमण टोलीलाई प्राविधिक तथा स्थलगत रुपमा अवगत गराएका थिए ।

 

मुख्य विशेषता सम्बन्धमा महानिर्देशकले भने“ यस व्यापारिक पार्कमा कुनै व्यवसायीले त्यहाको जग्गा र भवनका लागि एक पटक लगानी गर्दा ५० बर्षसम्मको लागि प्रभावकारी हुन्छ र ५० बर्ष पछि मात्र नवीकरण गराउनु पर्ने व्यवसथा रहेको छ । जसले गर्दा यस व्यवसायीक पार्कमा विश्वका धेरै जसो देश अमेरिका, जापान, कोरिया युरोपीय मुलुकहरुका साथै अफ्रिकी मुलुकका उद्योगी व्यवसायीहरुको अत्यधिक लगानी रहेको जानकारी गराए ।


देशको आर्थिक विकासका लागि अर्थकर्मीहरुको प्रमुख भूमिका हुने रहेछ भन्ने कुरा सुनेका थियौं तर आज स्थलगतरुपमा अनुभव गरेको सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले बताए । डा.गुप्ताले यस किसिमको सुविधा नेपाल सरकारले पनि उपलब्ध गराउनु सक्यो भने नेपालको आर्थिक सबलता अन्य मुलुक भन्दा अगाडी रहने बताए ।

 

वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको सिमरामा नेपाल सरकारले स्थापना गरेको इपीजेडकोमा जग्गाको मूल्य धेरैनै रहेकोले उद्योगी व्यवसायीहरु उक्त ठाउँमा उद्योग लगाउन सकि रहेका छैन अध्यक्ष डा.गुप्तााको भनाई थियो ।


उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।


वीउवासङ्घका व्यापारिक प्रतिनिधिमण्डल गत एक सातादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमण रहेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

साक्षी रामको सुरक्षामा ध्यान पुर्‍याउन सरकारसंग इन्सेकको माग

वीरगंज ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।

जकपुरका मेयर साहका काकाको हत्या आरोपी महासेठ पक्राउ

जनकपुरधाम । प्रहरीले जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.