logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको बाराको कलैयाबाट पनि कारोबार सुरु

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १९ गते ०५: ०० मा प्रकाशित     643   पटक पढिएको

कलैया। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आजदेखि बाराको कलैयाबाट पनि कारोबार सुरु गरेकाृ छ । मधेश प्रदेशमा २१ औ शाखाको रुपमा बैंकले कलैयामा पनि शाखा संचालनमा ल्याएको हो ।

 

शाखाको आइतवार एक कार्यक्रमकावीच कलैया उपमहानगरपालिका प्रमुख बिनोद साहले उद्धघाटन गरेका छन ।


शाखा उद्धघाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको पनि सहभागिता रहेको थियो । बैंकले कलैयाबाट ग्राहकलाई गुणात्मक सेवा दिने कुरामा प्रमुख साहले बिश्वास ब्यक्त गरेका छन ।

कलैयाको शाखा मधेश प्रदेशको २१ औं शाखा हो । ग्राहकलाई सुलभ र सहज रुपमा सेवा दिने प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रतिवद्धता जनाएका छन ।


यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्‍याउने विश्वास लिनुका साथै सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्‍याउने उद्देथ्य लिएकोपाण्डेले बताए ।

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली लगायत स्थानीय बुद्विजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई शाखा मार्फत प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६१ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको कलैया शाखा प्रबन्धक परमेश्वर प्रसाद साहले जनाएका छन । साहले कलैयामा शाखाले सेवाग्राहीको मन जितेर कार्य गर्ने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.