logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको बाराको कलैयाबाट पनि कारोबार सुरु

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १९ गते ०५: ०० मा प्रकाशित     566   पटक पढिएको

कलैया। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आजदेखि बाराको कलैयाबाट पनि कारोबार सुरु गरेकाृ छ । मधेश प्रदेशमा २१ औ शाखाको रुपमा बैंकले कलैयामा पनि शाखा संचालनमा ल्याएको हो ।

 

शाखाको आइतवार एक कार्यक्रमकावीच कलैया उपमहानगरपालिका प्रमुख बिनोद साहले उद्धघाटन गरेका छन ।


शाखा उद्धघाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको पनि सहभागिता रहेको थियो । बैंकले कलैयाबाट ग्राहकलाई गुणात्मक सेवा दिने कुरामा प्रमुख साहले बिश्वास ब्यक्त गरेका छन ।

कलैयाको शाखा मधेश प्रदेशको २१ औं शाखा हो । ग्राहकलाई सुलभ र सहज रुपमा सेवा दिने प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रतिवद्धता जनाएका छन ।


यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्‍याउने विश्वास लिनुका साथै सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्‍याउने उद्देथ्य लिएकोपाण्डेले बताए ।

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली लगायत स्थानीय बुद्विजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई शाखा मार्फत प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६१ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको कलैया शाखा प्रबन्धक परमेश्वर प्रसाद साहले जनाएका छन । साहले कलैयामा शाखाले सेवाग्राहीको मन जितेर कार्य गर्ने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.