वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीको आशंकमा ६३ लाख ५३ हजार मूल्य बराबरको समान आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
प्रहरीले बिल बिजक भन्दा बढीको भन्सार छलीका सामानहरु पक्राउ गरेको दावी गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट भन्सार छलीका ६३ लाख ५३ हजार मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए ।
वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको ना ४ ख ५४०६ नम्बरको ट्रक मा जाँच गर्दा बिल बिजक भन्दा बढीका ६३ लाख ५३ हजार ३८९ मूल्य बराबरका सामान बरामद भएको हो ।
प्रहरीले ट्रकबाट मोबिल, हार्डवेयर, कपडा, प्लाष्टिक, औषधी, किराना आइटम लगायतका अन्य खुद्रा सामानहरु बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया