logo

भंसार छलीको सामान बोकेको दुई ट्रक प्रहरी नियन्त्रणमा कारवाहीकालागि पथलैया बुझाइयो

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ९ गते ०५: ५४ मा प्रकाशित     246   पटक पढिएको

वीरगञ्ज । पर्सा प्रहरीले १ करोड ८६ लाख ९ हजार ६ सय ७८ रुपैया बराबरको खुद्रा तथा औषधीहरु लोड रहेको दुई वटा ट्रक कारवाहीकालागि  राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

 

प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेकोले दुबै ट्रकलाई नियन्त्रणमा लिएको हो ।

 

वीरगञ्जबाट कैलाली तथा बाँकेतर्फ जाँदै गरेको अवस्थामा सु.प.प्र.०१–००१ ख २६९९ र सु.प.प्र.०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रकलाई  प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.