पर्साको बीरगन्जबाट स्रोत नखुलेको ७ लाख रुपैँयासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरुको बारेमा अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनु भयो ।
प्रहरीले वीरगंज महानगरपालिकाको वडा नं.१६ रजतजयन्ती चोकस्थितबाट चेक जाँच गर्ने क्रममा भारतको पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.२५ बस्ने बर्ष ४० को संजय कुमार गुप्ता र सोही ठाउँका बर्ष ३७ को बिनोद कुमारलाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट बीआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकल चढेर बीरगन्जतर्फ आउँदै गरेको समयमा रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा शुक्रबार पर्सा जिल्ला अदालतको आदेशले ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया