logo

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २५ गते ११: ०५ मा प्रकाशित     1349   पटक पढिएको

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

 

महानगरले कर प्रणाली पारदर्शी, कानुनी र समावेशी ढंगले लागू गर्न महानगर कटिबद्धता सार्वजनीक गरेको छ । 


बहाल कर प्रणालीलाई व्यवस्थित, कानूनी र उत्तरदायी बनाउन महानगरले घरधनीहरुसँगै छलफल प्रारम्भ गरेको छ  ।

 महानगरले यसलाई अभियानकै रुपमा संचालन गर्ने जनाएको छ । अभियानसंगै घर बहाल कर संकलनलाईलाई पनि अगाडि बढाउने महानगरको तयारी छ ।

आधुनिक वीरगंजको निर्माणलाई अभियानले साथ दिने महानगर प्रमुख राजेशमान सिंहको बिश्वास रहेको छ । महानगरको पूर्वाधार बिकास,सेवा प्रवाहमा गुणत्मकता, नागरिकका बिकास प्रतिको अपेक्षालाई पुरा गर्न महानगर आफैमा आत्मनिर्भर हुनु पर्नेमा महानर प्रमुखले जोड दिएका छन ।


घरधनीहरुले घर बहाल लगाउदा अनिवार्य रुपमा महानगरमा घर बहाल  कर बुझाउनु पर्ने कानूनी  प्रवन्ध छ । कानूनी प्रवन्धको पालनाकालागि महानगर प्रमुखले घरधनीहरुसंग नै साझेदारी गर्दै छलफल प्रारम्भ गरेका छन ।

 

घण्टाघर लिंकरोड  क्षेत्रका घर मालिकहरुसंग महानगरप्रमुखले महानगरका बिभिन्न शाखाका प्रमुखहरु राखेर छलफल गरेका छन ।

 

छलफल घरधनीहरुले पनि घर बहाल कर तिर्नु पर्ने कानूनी प्रवन्धलाई पालना गर्ने प्रतिवद्धता जनाएका छन । महानगरप्रमसख सिंहले सबै घरधनीलाई बहाल कर तिरेर महानगरको सहयोगीको रुपमा उभिन सबैलाई अनुरोध समेत गरेका छन ।


छलफलमा घर बहाल करका विषयमा उठेका प्रमाण र कागजातहरूलाई महानगरको नक्सा शाखा र राजस्व शाखाले संयुक्त टोली बनाई स्थलगत अनुगमन गर्ने निर्णय भएको छ । उक्त टोलीले बहालमा रहेका सम्पत्तिहरूको भौतिक निरीक्षण गरी अभिलेख अद्यावधिक गर्नेछ ।

यदि कुनै संरचना नक्सा पासको विपरीत बनेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ । यस्ता संरचनाका मालिकहरूसँग पूर्वसूचना र प्रमाणसहितको प्रक्रिया पूरा गरेर कानुनी कारबाही थालिनेछ ।

महानगरले पटक–पटक पत्राचार गर्दा पनि छलफलमा अनुपस्थित हुने तथा कानुनी दायरामा आउन आनाकानी गर्ने सम्पत्तिधनीहरूमाथि पहिलो चरणमा महानगर र यसका मातहत कार्यालयहरूले उपलब्ध गराउँदै आएको सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी दिएको छ ।

 

 साथै, यस्ता घरधनीहरूको विरुद्धमा अन्य सार्वजनिक सेवा प्रदायक निकायहरूलाई समेत पत्राचार गरेर सेवा प्रवाह रोक्न अनुरोध गरिनेछ ।

छलफलमा उपस्थित नभएका घरजग्गा धनीहरूलाई अन्तिम पटक ४८ घण्टे सूचना दिँदै सबुत प्रमाणसहित महानगरमा उपस्थित भइ प्रक्रिया पूरा गर्न आग्रह गर्ने निर्णय भएको महानगरपालिकाका राजश्व महाशाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिए ।


बुधबार पहिलो चरणमा घण्टाघर लिंकरोड क्षेत्रका घरधनीहरुसँग छलफल भएको हो । 


छलफलमा लिंक रोड क्षेत्रका घरधनीहरू शंकर प्रसाद जयसवाल, संजय प्रसाद साह, गिरिस प्रसाद सिंह लगायतको सहभागीता थियो । उनीहरूले महानगरको प्रयासलाई सकारात्मक रूपमा लिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

 

महानगरपालिकाको तर्फबाट राजस्व महाशाखा प्रमुख मनोज कर्ण, आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, कानुन शाखाका इश्वर बराल र नक्सा शाखाका गौरव झाले घरधनीहरूलाई बहाल कर, संरचनाको नक्सा पारित प्रक्रिया र प्रचलित कानुनी व्यवस्थाहरूको विस्तृत जानकारी गराएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.