logo

प्रशासकीय अधिकृत साह सहित ६ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३० गते ०८: ३२ मा प्रकाशित     497   पटक पढिएको

वीरगंज ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा बिन्दवासीनी गाउँपालिकाका प्रशासकीय अधिकृत सुजित साह सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

 

जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मी लगायत ६ जना विरुद्ध दायर मुद्धामा सुजित साहको पनि नाम समावेश छ । 

 

कार्यालयका नासु हाल कार्यालय प्रमुख समेत रहेका कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएको र बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुसी अपचलन गरेको भन्ने उजुरी परेको थियो।


सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनले तत्कालीन कार्यालय प्रमुखहरूसँगको मिलेमतोमा बचतकर्ताको बचत गर्नुपर्ने रकम आपसमा बाँडफाँट गरी अपचलन गरेको पाइएको अख्तियारले जनाएको छ।

सर्वसाधारणले पासबुक र लेजर बुकमा देखिने विवरणमा विश्वास गरेर रकम जम्मा गर्दै आएका थिए ।

 

 तर कुर्मीले कार्यालय प्रमुखहरूसँग मिलेमतो गर्दै बचतकर्ताहरूको कुल जम्मा रकम साँवा ब्याजसहित ५ करोड ३५ लाख ६४ हजार २ सय ७९ रुपैयाँ ३३ पैसा अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रवक्ता पौडेलका अनुसार कुर्मीलगायत जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलाल प्रसाद साह कानू,अदालतप्रसाद कुर्मी,बुन्नीप्रसाद यादव,सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ।

बचतकर्ताबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार रुपैयाँ बढी रकम हिनामिना गरेको खुलेको अख्तियारको दावी छ।

उनीहरूविरुद्ध ५ करोड ३५ लाख  ६४ हजार २७९ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना माग गरिएको छ। 

 

 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.