logo

नेपाली कांग्रेसका सांसद तथा पूर्व संचारमन्त्री बस्नेतसहित १६ जना बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता ,बस्नेत निलम्वित

 इसीमाना सम्वाददाता     २०८२ जेठ १ गते ०४: २६ मा प्रकाशित     421   पटक पढिएको

काठमाडौं । बहुचर्चित टेरामक्स खरिद घोटालामा नेपाली कांग्रेसका सांसद तथा पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाका अख्तियार बिरुद्ध दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणको लागि टेरामक्स उपकरण खरिद खरिद प्रकरणमा लामो समयदेखि अख्तियारले अनुसन्धान गर्दैआएको थियो ।

 

 नेपाल सरकारको सहसचिव भए पनि दूरसंचार प्राधिकरणका बोर्ड सदस्य भएर दोहोरो सुविधा लिएका पूर्व कानून सचिव धनराज ज्ञवालीका बिरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

साँसद मोहन बस्नेत निलम्वित

 पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियारले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बित भएका हुन् ।

 

बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

सञ्चारमन्त्री हुँदा बस्नेतले मन्त्रिपरिषद्ले मात्र पाउने अधिकारभन्दा वाहिर गई टेरामक्स कार्यान्वयनको निर्देशन दिएको । सोहीअनुसार दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानूनविपरीत काम गरेको उनीमाथि अभियोग छ ।

 

बस्नेतसहित १६ जना प्रतिवादी रहेको उक्त मुद्दामा जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.