वीरगंज । सशस्त्र प्रहरी बल पर्साले ६ लाख ९८ हजार ८ सय मूल्य बराबरको कपडा आवश्यक कारवाहीकोलागिवीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
वीरगंज महानगरपालिकाको वडा नं १ छपकैयाका तीन वटा घरमा छापारी गरेर सशस्ब प्रहरीले कपडा बरामद गरको हो ।
भंसार राजस्व छलेर अनधिकृत रुपमा भण्डारण गरिएको बिशेष सूचना पाएपछि प्रहरीले छापामारी गरेको सशस्त्र प्रहरी १३ न हेडक्वाटरका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरिक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
तपाईको प्रतिक्रिया