पर्सा जिल्लामा जारी निषेधाज्ञा उल्लङ्घन गर्ने दुई पाङग्रे सवारीलाई प्रहरीले जिल्लाको बिभिन्न भागबाट नियन्त्रणमा लिएको छ ।
अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका भारतीय नम्बर प्लेटका मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएका मोटरसाइकलको २२ लाख ६० हजार मूल्याकंन गरि बीरगंज भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीको मोवाइल टोलीले जिल्लाका बिभिन्न स्थानबाट बिभिन्न कम्पनीका १९ थान मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया