logo

प्रतिनिधि सभा भंग भएपछि आर्थिक ७८/७९ को बजेट अध्यादेशबाट आउने

      5/22/2021 गते 00 00 मा प्रकाशित     893   पटक पढिएको

आगामी आर्थिक ७८/७९ को बजेट अध्यादेशबाट आउने भएको छ । सरकारको सिफारिसमा  राष्ट्रपतिले संसद बिघटन गरे संगै बजेट अध्यादेशबाट आउने भएको हो ।

जेठ १५ गते नै बजेट ल्याउनु पर्ने संवैधानिक ब्यबस्थाले गर्दा अध्यादेशबाट नै बजेट ल्याउनु पर्ने बाध्यता आई  परेको हो । त्यस्तै नीति तथा कार्यक्रम पनि अध्यादेशबाट नै आउने छ । 


 मन्त्रिपरिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको छ ।

 अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन ०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन ०७८ मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको छ   । 

 

संसद बिघठन भएकोले अध्यादेशबाट बजेट आउने भएको हो । यस अघि आर्थिक वर्ष ७०र७१ को बजेट पनि अध्यादेशबाट ल्याईएको थियो । त्यस समय संविधान बनाउन नसकी संविधानसभा बिघटन भएको थियो ।

 

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाव गराउन चुनावी मन्त्रिपरिषद् गठन भएको थियो । पूर्व सचिव शंकर कोइराला अर्थमन्त्री थिए । राम वरण यादव राष्ट्रपति थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले बजेट अध्यादेशलाई स्वीकृति दिएका थिए ।  यस अघि २०६९। २०६७, २०६२, २०६१, २०६०, २०५९, २०५२ मा पनि अध्यादेशबाट बजेट आएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परी  सेवानिवृत शिक्षक शर्माको निधन

सीमरा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा परी एक जना सेवानिवृत शिक्षक केदारप्रसाद शर्माको मृत्यु भएको छ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.