सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । यस अघि मासिक ३ हजार पाउदै आएका जेष्ठ नागरिकले अव मासिक ४ हजार रुपैया पाउने छन ।
आर्थिक वर्ष २०७८र७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्तामा परिमार्जन गरिएको जानकारी दिनु भएका ेहो । यसका लागि १ खर्ब छुट्याएको उहाँले जानकारी दिनु भयो ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३ सय ५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।
आर्थिक बर्ष २०५१र५२ नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा निर्माण भएको पहिलो कम्युनिष्ट सरकारका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले मासिक १ सय रुपैयाँका दरले बृद्धभत्ता दिन सुरु गनुृ भएको थियो ।
तपाईको प्रतिक्रिया