logo

आगामी आर्थिक वर्षकालागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजारको बजेट बीरगंज महानगरसभाबाट पारित

      6/24/2021 गते 00 00 मा प्रकाशित     1083   पटक पढिएको


वीरगन्ज महानगरपालिकाको नगरसभा प्रस्तुत गरिएको विभिन्न विधयेकहरु पनि पारित गरेको छ । नगरसभामा वीरगंज महानगरपालिकाको अध्यक्षबाट प्रस्तुत आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ पारित गरेको छ ।

 

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को राजस्व र व्ययको अनुमान निर्णयार्थ पेश गरेको रु ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार को राजस्व र व्ययको  अनुमान पारित भएको घोषणा गरेको छ । साविकका स्थानीय निकायका कर्मचारीहरुको समायोजन विधेयक, २०७८ २०७७ माघ १२ देखि २०७८ अषाढ ९  गतेसम्मका नगर कार्यपालिकाका सम्पूर्ण निर्णय पनि अनुमोदन गर्ने प्रस्ताव पारित भएको महानगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो ।

 

चालु आर्थिक वर्षको २०७७ माघ १२ देखि २०७८ अषाढ ९ गते सम्म आर्थिक सहायतामा भएको खर्च र आकस्मिक योजनामा छुट्याईएको बजेट कार्यन्वयन गर्दा योजना छनौट गर्न गठित समितिलाई निरन्तरता दिने निर्णय समेत भएको छ ।

 

जनसहभागितामा आधारित कार्यक्रम (६०–४०)छनौटका लागि समिति गठन  गर्ने, वीरगंज महानगरपालिकाको अनुगमन समितिबाट अनुगमन गरि पेश भएका  प्रतिवेदनहरुको अनुमोदन, सेवा करार तथा करार सेवा तर्फका कार्यरत कर्मचारीहरुको करार अनुमोदन गर्ने निर्णय भएको छ ।

 

कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण, उपचार, आईसोलेशन सेन्टर व्यवस्थापन तथा सञ्चालनमा भएको सम्पूर्ण खर्च अनुमोदन गर्ने निर्णय, आर्थिक वर्ष २०७८/०७९ का लागि स्वीकृत योजना तथा कार्यक्रम विशेष कारणले कार्यान्वयन गर्ने अवस्था नभएमा स्वीकृत बजेटको परिधी भित्र रही योजना तथा कार्यक्रम संसोधन गरि कार्यान्वयन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

 

नीति तथा कार्यक्रममा परेको तर सोका लागि बजेट विनियोजन गर्न छुट भएको भए वीरगंज महानगरपालिकाका प्रमुखले निर्णय गरी खर्च गर्न सक्ने अधिकार पनि प्रत्यायोजन गर्ने निर्णय नगरसभाले गरेको छ ।

 

 

चालु आर्थिक वर्ष २०७७/०७८ का लागि आन्तरिक आय तथा वित्तीय समानिकरण तर्फ स्वीकृत भएका योजनाहरु सम्झौता भई कार्य भईरहेकोमा कोरोना भाईरस संक्रमणका कारण चालु आर्थिक वर्षमा भुक्तानी हुन नसकेमा सो योजनाहरुमा खर्च रकम भुक्तानी बाँकीमा राखि आर्थिक वर्ष २०७८/०७९ का लागि स्वीकृत बजेट भुक्तानी बाँकी बाट भुक्तानी गर्ने र सम्झौता भई कार्यान्वयनमा रहेका र सम्झौता गर्न बाँकी रहेका स्वीकृत योजनाहरु आर्थिक वर्ष २०७८/०७९ मा अल्याको रुपमा बजेट विनियोजन गरी योजना कार्यान्वयन गर्ने निर्णय गरियो ।

 

योजना कार्यान्वयन, प्रोत्साहन भत्ता, प्रोजेक्ट बैंक बारे (ठूला आयोजना), प्रोजेक्ट बैंक (मझौला आयोजना), आकस्मिक योजना,  त्रीवर्षिय खर्च संरचना स्वीकृत गर्ने निर्णय नगरसभाबाट भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.