logo

क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता छः अध्यक्ष लाठ

      7/2/2021 गते 00 00 मा प्रकाशित     998   पटक पढिएको

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष तथा वीरगंज उधोग वािण्ज्य सङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनु भएको छ ।

 

जनकपुर उधोग वाणिज्य संघ र बीरगंज उधोग वाणिज्य संघका पदाधिकारी वीचको अन्तक्रियामा उहाँले यस्तो बताउनु भएको हो । उहाँले  उवासङ्घहरु बीच सम्बन्ध विस्तारको लागि प्रदेश उवासङ्घले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । 

जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सदस्यहरुवीच सङ्घकै सभाकक्षमा भेटघाट एवम् अन्तरक्रिया भएको हो । 


वीउवासङ्घका कार्यवाहक  अध्यक्ष हरिप्रसाद गौतमले अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गर्दै वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याइरहेको योगदानका बारे चर्चा गर्नु भयो ।

उहाँले कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको यस क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरु भोगिरहेकोले साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता औल्याउनु भयो । 


यसैगरी जनकपुर उवासङ्घका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो सङ्घको रुपमा परिचित वीउवासङ्घले आफ्नो स्थापनाकालदेखि नै पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको उन्नयनमा पु¥याउँदै आएको योगदान सराह्नीय रहेको धारणा राख्नुभयो ।

 

उहाँले अध्ययन अवलोकन भ्रमणको उद्देश्य विभिन्न चेम्बरको स्थलगत भ्रमणबाट चेम्बर बीचको सम्बन्ध विस्तार र एक आपसमा के कस्ता विषयहरुमा सहकार्य गर्न सकिन्छ त्यस्ता मुद्दाहरुको पहिचान गर्न समेत मद्दत पुग्ने बताउनुभयो ।

 

उहाँले जनकपुर क्षेत्रमा १३ वटा मात्र ठूला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकोले साना, घरेलु उद्योग, व्यवसायको प्रबद्र्धन हाम्रो संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको बताउनुभयो । 

 

वीउवासङ्घका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा वीउवासङ्घ र जनकपुर उवासङ्घका पदाधिकारी, र सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.