वीरगञ्ज उद्योग वाणिज्य सङ्घले प्रचलित विधान बमोजिम विभिन्न समितिहरुको विस्तार भएको छ ।
सङ्घमा गठित अन्तरदेशीय सम्बन्ध विस्तार समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रिय अध्यक्ष अशोककुमार बैधलाई मनोनयन गरेको छ ।
समिति विस्तार कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको सम्बन्ध विस्तार गर्ने उद्देश्यले गठित समितिले आउँदा दिनमा सङ्घको छविलाई उज्वल बनाउने तर्फ आफ्नो भूमिका केन्द्रित गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
अन्तरदेशीय सम्बन्ध विस्तार समितिका संयोजक बैधले सङ्घको छविलाई उच्च पार्न आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष श्री हरि गौतमको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया