logo

संकटपछि सहयोग,वीरगंज महानगरलाई एनपीएलले उपलब्ध गरायो कम्युटर र प्रिन्टर

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १६ गते ०१: ४३ मा प्रकाशित     671   पटक पढिएको

वीरगंज  । एन.पी.एल. सामाज कल्याण संस्थाले वीरगंज महानगरलाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप उपलब्ध गराएको छ ।

 

वीरगंजस्थित महानगर कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द्र अमात्यले सामग्री हस्तान्तरण गर्दै नगरवासीकालागि हुने सेवामा सहजता ल्याउन सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे।

 


त्यसैगरी, ब्रिटानिया नेपाल प्रा.लि.ले पनि आजै महानगरका लागि २० थान अफिस कुर्सी प्रदान गरेको छ ।

 

यसअघि यसअघि पनि सूर्य नेपाल प्रा.लि.ले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरिसकेको छ भने औषधि उत्पादक संघ, वीरगंज इकाईले समेत कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री उपलब्ध गराएको थियो ।


महानगरले प्राप्त यस्ता सहयोगहरूले कार्यालय सञ्चालन सहज बनाउनुका साथै कर्मचारीहरूमा मनोबल वृद्धि गरेको बताएको छ ।

 

गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवन र कार्यालय सामग्री पूर्ण रूपमा नष्ट भएपछि पुनः सञ्चालनमा सहजता ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना तथा सामाजिक संगठनहरूले सहयोगका हात अघि बढाएका हुन ।

 

कार्यालय जलेर नष्ट भएपछि महानगरका दैनिक प्रशासनिक कार्यमा निकै समस्या आएको थियो । तर पछिल्ला दिनमा प्राप्त सहयोगहरूले पुनःसञ्चालनमा नयाँ ऊर्जा र उत्साह थपेको छ ।


महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था र उद्यमी समुदायप्रति आभार व्यक्त गरे ।

 

 उनले , ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो । यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको बताए ।’


उनका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छ ।

 महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गर्ने जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.