logo

सडक बिभागले हेटौडाका सडकमा निर्माण भएका संरचना भत्काउन दियो १५ दिने सूचना

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ५ गते ०६: ३४ मा प्रकाशित     311   पटक पढिएको

 वीरगञ्ज। सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका लागि आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिने अल्टिमेटम दिएको छ।

 

सडक डिभिजन कार्यालय हेटौंडाले सर्वोच्च अदालतको स्पष्ट आदेशलाई आधार मानेर सडक केन्द्र रेखादेखि दायाँ–बायाँ २५–२५ गज (७५–७५ फिट) भित्र बनेका सबै स्थायी तथा अस्थायी संरचनाहरू हटाउन भनेको हो।

 

सडक डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको क्षेत्रमा संरचना हटाउन यो अल्टिमेटम दिएको हो।


सडक डिभिजनले यसअघि पटकपटक सूचना जारी गरे पनि घरधनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तारको काम रोकिँदै आएको थियो।

 

तर, डिभिजनले जारी गरेको पछिल्लो सूचनामा सर्वोच्च अदालतको २०७८ पुस १९ गते लगायतका विभिन्न मितिका उत्प्रेषण आदेशहरू समेतबाट बल पाएको उल्लेख छ।

 

सूचनामा भनिएको छ, सर्वोच्च अदालतबाट सडक केन्द्रबाट २५–२५ गजको क्षेत्रमा क्षतिपूर्ति पाउने हुँदैन भनी फैसला भएको छ। यसबाहेक, सडक डिभिजनले २०८० असार १० मा प्रकाशित सूचनाविरुद्ध परेका रिट निवेदनहरू समेत सम्मानित अदालतबाट खारेज भएको जनाएको छ।

 

तोकिएको सीमाभित्र १५ दिनभित्र संरचना नहटाएमा सडक डिभिजन आफैँले हटाउने र सो वापत लाग्ने खर्च सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सम्बन्धित व्यक्तिहरूबाट असूलउपर गरिने चेतावनी दिइएको छ।

 

सर्वोच्च अदालतले २०७६ कात्तिक ६ गते जारी गरेको परमादेशमा २०३४ पछि निर्माण भएका २५ मिटरभित्रका कुनै पनि संरचना भत्काउँदा सरकारले क्षतिपूर्ति दिन नपर्ने आदेश दिएको थियो।May be an image of text

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महुवनमा गुठीको जमीनमाथिको लामो समयदेखीको अतिक्रमण हटाइयो

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

सालको गोलीया सहित मान्छे  र ट्रयाक्टर बनगस्तीको नियन्त्रणमा

वीरगंज । सबैया सब डिभिजन बन कार्यालय तथा सबै साझेदारी बन उपभोक्ता समुहको गस्ती टोलीले काठ सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.