logo

मधेश सरकारले किसानलाई प्रतिकठ्ठा १ हजार ५ सय राहत, बेरोजगार युवालाई महिनामा २ हजार भत्ता दिने

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १० गते १०: ०६ मा प्रकाशित     598   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानलाई प्रतिकठ्ठा १हजार ५सय  रुपैयाँ राहत दिने भएको छ। साथै, प्रदेशका बेरोजगार युवालाई मासिक २,हजार रुपैयाँ जीवन निर्वाह भत्ता उपलब्ध गराउने तयारी पनि गरिएको छ।

 

मुख्यमन्त्री सरोज कुमार यादवले बुधवार पत्रकार सम्मेलनमार्फत दुवै राहत कार्यक्रमबारे जानकारी दिँदै यसका लागि आवश्यक बजेट व्यवस्थापन भइरहेको बताए।

 

किसानलाई ३६ करोड बराबरको राहत

 

प्रदेशभरका किसानलाई राहत वितरण गर्दा करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको मुख्यमन्त्रीले बताएका छन्।
उनका अनुसार यस वर्ष दीर्घ खडेरीकै समयमा परेको अविरल वर्षाले मधेश प्रदेशको धानबालीमा दोहोरो मार परेको थियो। त्यही कारण प्रदेश सरकारले जिल्लाहरूलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

 

बेरोजगार युवाका लागि भत्ता योजना

 

मुख्यमन्त्री यादवले १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर रोजगारविहीन रहेका युवालाई मासिक २हजार रुपैयाँ भत्ता दिने प्रक्रिया अघि बढाइएको बताए।


प्रदेश सरकारको तथ्यांकअनुसार मधेश प्रदेशमा करिब १ लाख ४८ हजार यस्ता बेरोजगार युवा रहेका छन्।


प्रदेश सरकारले प्रदेश भित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना २ हजारको दरले ९जीवन निर्वाह० बेरोजगार भत्ताको रुपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरुलाई गराउन चाहन्छु,’ उनले भने ।

 

मुख्यमन्त्रीले भत्ता योजनाले युवा वर्गलाई संकटको अवस्थामा आधार मिल्ने र अस्थायी रुपमा जीवननिर्वाह सहज हुने विश्वास व्यक्त गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.