logo

छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा,  किसान र उपभोक्ता दुवैलाई राहत मिल्ने

 इसीमाना सम्बाददाता     २०८२ मंसिर २१ गते ०७: ०१ मा प्रकाशित     472   पटक पढिएको

वीरगंज। वीरगंज महानगरपालिकाले वडा नं. २, रेल्वे रोडस्थित छपकैयामा निर्माण गरेको छपकैया तरकारी तथा फलफूल थोक बजार आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

 

यससँगै वीरगंजमा लामो समयदेखि रहेको व्यवस्थित थोक तरकारी बजारको अभाव अन्त्य भएको छ।

 

उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख राजेशमान सिंहले बजार छपकैया समुदायकै नाम र पहिचानमा निर्माण गरिएको बताउँदै यसको व्यवस्थापनमा स्थानीयवासीको भूमिका निर्णायक हुने उल्लेख गरे।


यो बजार छपकैया वासीकै सम्पत्ति हो। सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीय समुदाय अग्रसर हुनुपर्ने उनले बताए ।

 

उनका अनुसार बजार निर्माण अढाई वर्षअघि नै सुरु गर्ने योजना भए पनि वीपी उद्यानमा रहेका व्यवसायीका कारण ढिलाइ भएको स्मरण गरे।

 

उद्यानलाई हरित पार्कका रूपमा विकसित गर्दै अव्यवस्थित बजार हटाई छपकैया बजारमा स्थानान्तरण गर्ने तयारी महानगरले अघि बढाइरहेको उनले बताए।

 

सिंहले ‘वैभव वीरगंज’ अवधारणा प्रस्तुत गर्दै व्यवस्थित बजार, हरित क्षेत्र, सेवा सुविधा सुधार र कानुनको कडाइलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट गरे।


कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवैलाई राहत मिल्ने बताए।


अब किसानले सहज ठाउँमा उत्पादन ल्याउन पाउनेछ, उपभोक्ताले व्यवस्थित खरिद गर्न सक्नेछन्, तथा सवारी सञ्चालन पनि सरल हुने दाहालले बताए ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा बनेको १४ युनिटमा २८ सटर सञ्चालनमा आएका छन्। बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहितका सुविधा उपलब्ध छन्।


आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गरी संरचना विस्तार गर्ने योजनासमेत रहेको कर्णले जानकारी दिए।

 

उनका अनुसार खुद्रा र थोक कारोबारलाई फरक फरक संरचनामा  राखी सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित काम गर्न सहज हुने छ। “यसले रोजगारीका अवसर पनि बढाउँछ,” उनले भने। 


उद्घाटन कार्यक्रममा सहभागी व्यवसायीहरूले स्थायी संरचना बनेपछि लगानी व्यवस्थापन, भण्डारण सुविधा, गुणस्तरीय बिक्री प्रणाली र किसानसँग सीधा कारोबार सहज हुने विश्वास व्यक्त गरे। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.