ठाकुरराम क्याम्पसमा विद्यार्थी संगठनहरुको चुनावी चहलपहल सुरु
ठाकुरराम क्याम्पसमा विद्यार्थी संगठनहरुको चुनावी चहलपहल सुरु
1/22/2017 गते 00 00 मा प्रकाशित
3137 पटक पढिएको
वीरगञ्ज, ९ माघ ः वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुको चुनावी चहलपहल शुरु भएको छ । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरेर ठाकुरराम बहुमुखी क्याम्पसमा अहिले देखि नै विद्यार्थी संगठनहरु चुनावी तयारीमा लागेका छन् ।
स्ववियु चुनाव आउन एक महिना भन्दा बढि समय बाँकी रहेपनि ठाकुरराम क्याम्पसका नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र मधेसी दलका विद्यार्थी संगठनहरुले प्रचार प्रसारको काम शुरु गरिसकेका छन् । विद्यार्थी संगठनका नेताहरुले क्याम्पस पसिरसर भित्र आ–आफ्नो संगठनको ब्यानर र होर्डिङ बोर्ड झुण्डयाएका छन् । यसपालीको स्ववियु चुनावमा मधेसी दल सम्बद्ध केहि विद्यार्थी संगठनहरुले गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका छन् । श्रोतका अनुसार तमलोपा, सदभावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टी निकटका विद्यार्थी संगठनहरुले गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका हुन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी विद्यार्थी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य निखिल वर्णवालले भने आफ्नो संगठन पनि अरु मधेसी दल सम्बद्ध विद्यार्थीसंग गठबन्धन बनाएर चुनाव लड्ने प्रयासमा रहेको बताए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया