ठाकुरराम क्याम्पसमा विद्यार्थी संगठनहरुको चुनावी चहलपहल सुरु
ठाकुरराम क्याम्पसमा विद्यार्थी संगठनहरुको चुनावी चहलपहल सुरु
1/22/2017 गते 00 00 मा प्रकाशित
2951 पटक पढिएको
वीरगञ्ज, ९ माघ ः वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुको चुनावी चहलपहल शुरु भएको छ । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरेर ठाकुरराम बहुमुखी क्याम्पसमा अहिले देखि नै विद्यार्थी संगठनहरु चुनावी तयारीमा लागेका छन् ।
स्ववियु चुनाव आउन एक महिना भन्दा बढि समय बाँकी रहेपनि ठाकुरराम क्याम्पसका नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र मधेसी दलका विद्यार्थी संगठनहरुले प्रचार प्रसारको काम शुरु गरिसकेका छन् । विद्यार्थी संगठनका नेताहरुले क्याम्पस पसिरसर भित्र आ–आफ्नो संगठनको ब्यानर र होर्डिङ बोर्ड झुण्डयाएका छन् । यसपालीको स्ववियु चुनावमा मधेसी दल सम्बद्ध केहि विद्यार्थी संगठनहरुले गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका छन् । श्रोतका अनुसार तमलोपा, सदभावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टी निकटका विद्यार्थी संगठनहरुले गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका हुन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी विद्यार्थी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य निखिल वर्णवालले भने आफ्नो संगठन पनि अरु मधेसी दल सम्बद्ध विद्यार्थीसंग गठबन्धन बनाएर चुनाव लड्ने प्रयासमा रहेको बताए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
तपाईको प्रतिक्रिया