वीरगञ्ज, १२ माघ । स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत २५ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरु माथी प्रहरीले हस्तक्षेप गरेको छ । श्रीपुर वडा प्रहरीका प्रहरी निरीक्षक ऋषिराज ढुगांनाको नेतृत्वमा आएको प्रहरीहरुले धर्नामा बसेका आन्दोलनकारी माथि हस्तक्षेप गरेको हो ।
बिहान १० बजे धर्ना दिन कार्यालय अगाडि जम्मा भएका आन्दोलनकारीहरुलाई प्रहरीले लाठीचार्ज गरेको हेल्थ असिस्टेन्ट संघ पर्साका सदस्य शिव मण्डलले इसिमानालाई बताए । लाठीचार्जबाट संघका जिल्ला अध्यक्ष रबिन्द साह, सदस्यहरु नन्दराज शर्मा, सुनील कुर्मी, गोबिन्द कुमार र रितुराज शर्मा घाईते भएका छन् ।
घाइतेहरुको उपचारको वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा भएको छ । गत पौष १७ गते देखि चरणवद्ध आन्दोलनमा उत्रिएका पर्साका हेल्थ असिष्टेन्टहरु मांग पुरा नभए सम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।
तपाईको प्रतिक्रिया