वीरगञ्ज, १३ माघ : अञ्चल प्रहरी कार्यालय नारायणी वीरगञ्जका एसएसपी नारायण सिंह खड्का सहित नेपाल प्रहरीका ३९ एसएसपीहरुको सरुवा भएको छ । एसएसपी खड्काको स्थानमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट एसएसपी सूर्य प्रसाद उपाध्याय नारायणी अञ्चल आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालय कार्य विभाग विपद् व्यवस्थापन महाशाखामा एसएसपी खड्कालाई पठाइएको प्रहरी प्रधान कार्यालयको बेवसाईटमा जनाएको छ । त्यस्तै रमेश प्रसाद खरेललाई प्रधान कार्यालय युएन जगेडा पठाइएको छ भने सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । बुधबार बसेको गृहमन्त्री स्तरीय बैठकबाट एसएसपीहरुको सरुवा गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया