logo

यसरी 'चोरियो' जन्मेको ३ घण्टामै शिशु

      2/3/2017 गते 00 00 मा प्रकाशित     1289   पटक पढिएको

 

वीरगन्ज २१ माघ । प्रशव बेथाले च्यापेपछि वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी रमावतीदेवी पासवानले जेठी बुहारी आशालाई शुक्रबार बिहानै नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याइन् । आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य ठीक थियो । आशाले अस्पतालको प्रसूति वार्डमा १० बजेर ४० मिनेटमा सामान्य अवस्थामै छोरो जन्माइन् । बच्चा सफा गरेर नर्सले हजुरआमा (रमावती) को जिम्मा लगाए । अनि सुत्केरीलाई वार्डमा सारे । त्यतिबेलासम्म रमावतीकी कान्छी बुहारी खुस्बु पनि आइसकेकी थिइन् । कान्छी बुहारी र रमावती दुवै मिलेर परिवारको नयाँ सदस्य र सुत्केरीको रेखदेख गर्न थाले । 

 

सुत्केरी बुहारी शौच जान उठदा अत्यधिक रक्तस्राव भएपछि रमावतीले स्टाफ नर्सलाई खबर गरिन् । नर्सले वार्डमै आएर शय्या नम्बर ६५ को वरिपरि साडी बेरेर रगत सफा गरे । साढे १ बजेतिर छेउकै एक सुत्केरीलाई सुई लगाउन नर्स आउँदा पनि अवस्था सामान्य नै थियो । त्यसको केही बेरपछि नवजात शिशुकी हजुरआमा रमावती ‘हमार बबुवा के कौन लेगइल’ भन्दै रुँदै कराउँदै अस्पताल परिसरतिर दौडिइन् ।

 

उनले अस्पतालमा तैनाथ प्रहरी र सुरक्षा गार्डलाई बच्चा चोरी भएको बताइन् । सुरुमा कसैले विश्वास गरेनन् । रमावती भक्कानिने क्रम नरोकिएपछि सबै गम्भीर भए । प्रसूति वार्डबाट बाहिर निस्कने प्रत्येकलाई द्वारमा जाँच गर्न थाले । शय्यामा आराम गरिरहेकी आशादेवी नवजात छोरा चोरी भएको सुनेपछि अचेत भइन् । चारैतर्फ खोजबिन गरेर पनि बच्चा फेला नपरेपछि परिवारले आफन्तलाई खबर गर्न थाले । अपराहन २ बजेपछि अस्पतालमा होहल्ला र नाराबाजी सुरु भयो । नर्सकै लापरबाहीले बच्चा हराएको आरोप लगाउँदै परिवार र आफन्तले नर्सलाई गाली गर्न थाले । त्यसपछि नर्सहरूले वार्ड छाडेर गएकाले वार्डका अन्य सुत्करी महिलासमेत अलपत्र परेका छन् । आक्रोशित भीडले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेको थियो । त्यसपछि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ ।

 

उपक्षेत्रीय अस्पतालमा झन्डै ४ लाख रुपैयाँ खर्चेर ‘सीसीटीभी’ जडान गरिए पनि कुनै पनि चालु अवस्थामा छैनन् । कमिसनको चक्करमा कमसल क्यामेरा खरिद गरिएकाले जडान भएको केही दिनमै क्यामराले काम गर्न छोडेको कर्मचारी बताउँछन् ।  ‘बिहान वार्डमा आएदेखि सँगै रहेकी एक अपरिचित महिलाले बच्चा चोरेकी हुन्,’ बिलौना गर्दै रमावतीले भनिन्, ‘अस्पताल प्रशासनको लापरबाहीले यस्तो घटना भयो ।’ उनका अनुसार पातलो शरीर र गहुँ गोरो हुलिया भएकी ती महिला प्रसूति वार्डमै थिइन् । ‘अस्पतालका गार्ड र नर्सले अरूलाई बाहिर निकाल्दा पनि ती महिला जतिखेर पनि वार्डमै घुमिरहेको देख्थें,’ गहभरि आँसु झार्दै उनले भनिन्, ‘मैले सोचें, उनी पनि यहींकै स्टाफ हुन् ।’ 

 

‘कान्छी बुहारी र म जेठीलाई स्याहार गर्दै थियौं, नाति रोएपछि ती महिलाले हातमा उठाएर खेलाउन थालिन्,’ उनले भनिन्, ‘बाहिर निस्किएपछि बुहारी पनि पछिपछि लागिन् तर एकछिनमै ती महिला बच्चा लिएर बेपत्ता भइन् ।’ वार्डका अन्य कुरुवाका अनुसार ती महिला रमावतीसँग घुलमिल भइसकेकी थिइन् । ‘दूध र पाउरोटी खरिदका लागि ५० रुपैयाँ पनि ती महिलाले दिएकी थिइन्,’ वार्डमा भेटिएका एक कुरुवाले भने । 

 

प्रसुति गृहमा पहिलोपटक नवजात शिशु हराएपछि चिकित्सक, नर्स र कर्मचारी स्तब्ध छन् । ‘यही प्रसूति वार्डमा काम गरेको १७ वर्ष भयो,’ स्टाफ नर्स गीता केसीले भनिन्, ‘पहिलो पटक बच्चा चोरीको घटना सुन्दै छु, मेरो आफ्नै मुटु कामिरहेको छ ।’  मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले ‘नर्मल डेलिभरी’ भएकाले बच्चा परिवारको जिम्मा लगाएर सुत्केरीलाई वार्डमा सारिएको बताए । ‘यस्तो घटना कहिल्यै भएको थिएन,’ डा. साहले भने, ‘प्रहरी प्रशासनको सहयोगमा बच्चा खोजीमा लागेका छौं ।’ प्रसूति गृहमा जो कोहीले सजिलै प्रवेश पाउने गरेको छ ।

साभारः इकान्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

जनमत पार्टीमा चौधरी र डा.राउतलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइयो

जनकपुर । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा दुइजना मनोनित भएका छन् । यही ८ असारमा पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार राष्ट्रिय उपाध्यक्षमा दुइजनालाइ मनोनित गरिएको जनमत सचिवालयले जनाएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.