सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख सम्बन्धी निर्णय गर्न मन्त्रीपरिषदको आज बिहान आकस्मिक रुपमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा चन्दको टुंगो लगाएको गृह मन्त्रालयको स्रातेले जनाएको हो । चन्द २५ औँ प्रहरी महानिरीक्षक हुन । गृह मन्त्रालयको उच्च श्रोतका अनुसार आइतबार सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले चन्दलाई तत्काल महानिरीक्षक नबनाउन अन्तरिम आदेश दिनसक्ने भएपछि १० बजे पहिल्यै मन्त्रीपरिषदको बैठक बसेर टुंगो लगाएको हो ।
४ बजे बैठक बस्ने तय भएपनि मन्त्रीपरिषदको बैठक आकस्मिक रुपमा बिहान ९ बजे नै बसेर न लागेको गृह मन्त्रालयको स्रातेले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधीबिच यसविषयमा हिजै छलफल भएको थियो । सरकारले तेश्रो बरियतामा रहेका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन लागेपछि त्यो विधि विपपरित हुने भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए । आइतबार सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले यसबारे अन्तरिम आदेशको डरले बिहानै मन्त्रीपरिषद बैठक डाकिएको श्रोतको दाबी छ ।
नेपाल प्रहरीमा चारजना प्रहरी नायव महानिरीक्षक दाबेदार रहेपनि पहिलो बरियतामा रहेका नवराज सिलवाल र दोश्रो बरियतामा रहेका प्रकाश अर्याललाई छोडेर तेश्रो बरियताका चन्दलाई महानिरीक्षक बनाएको हो ।
तपाईको प्रतिक्रिया