logo

नेपाल भारतको सम्बन्धको बारेमा राजनैतिक ढंगले मात्रै सोच्नु हुँदैन ः वक्ता

      2/12/2017 गते 00 00 मा प्रकाशित     1361   पटक पढिएको

वीरगञ्ज, १ फागुन ः नेपाल भारतको सम्बन्ध भुगोल, संस्कृति, धर्म, भाषाको सम्बन्धसँग जोडिएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । जागृति नेपालद्वारा आइतबार वीरगञ्जमा नेपाल–भारत सम्बन्धको विषयमा आयोजित दुईदिने विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले नेपाल भारतको सम्बन्धको बारेमा राजनैतिक ढंगले मात्रै सोच्न नहुने बताए । उनले दुई देशको पौराणिक तथा ऐतिहासिक सम्बन्धलाई जोगाएर राख्नु पर्ने कुरामा जोड दिँदै नेपाल भारतको सम्बन्ध अन्य देशको सम्बन्धसँग तुलना गर्न नमिल्ने बताए ।

 

कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाल भारतको सम्बन्ध बनावटी सम्बन्ध नभई दुई देशका जनताले बनाएको सम्बन्ध भएको हुँदा दिल्ली दरवार र सिंहदरवारले यो सम्बन्धलाई विगार्न नसक्ने चेतावनी दिए । कार्यक्रममा माओवादी सचिवालय सदस्य प्रभु साहले नेपाल भारतका जनता बीच रहेको आत्मीय सम्बन्धलाई कसैले पर्खाल खडा गरेर रोक्न नसक्ने बताए । उनले नेपाल भारत बीच भएका सम्झौता अन्तरगत गण्डक नहरको पानी, हुलाकी राजमार्ग, उर्जामा लगानी लगायतका विषयमा भारतले ध्यान दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय सांसद संजय जैसवालले भारतको सम्बन्ध मधेससँग मात्र नभई पहाडसँग पनि प्रगाढ रहेको बताउदै एकलाई पिडा हुँदा अर्कोलाई दुख्ने सम्बन्ध दुई देश बीच रहेको जानकारी दिए ।

 

उनले नेपालको सम्बृद्धिका लागि भारतले जलविद्युत र पर्यटनमा लगानी गर्नु पर्ने कुरा समेत बताए । कार्यक्रममा भारतीय राजदुत रन्जीत रेले नेपालमा राजनीतिक स्थिरता र सम्बृद्धिका लागि भारत सदैव सहयोग गर्न तत्पर रहेको बताउदै राजनीति स्थायित्वबाट मात्रै दुई देशको सम्बन्ध प्रगाढ बन्ने कुरामा जोड दिए । जागृति नेपालका अध्यक्ष विजयकान्त झाको सभापतित्वमा शुरु भएको कार्यक्रममा सांसद लालबाबु गद्दी, पूर्वभारतीय राजदुत लोकराज बराल, एम.के.चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

एकै दिन नदीमा डुवेर महोत्तरीमा  चार बालिकाको मृत्यु

बर्दीवास ।  महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।

सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी,सिँचाइ सुविधा अवरुद्ध

जनकपुरधाम । धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.