बीरगंज २२ माघ
बिद्यालयका बिद्यार्थीहरुले तरकारी खेती गरि कमाएको पैसाले बिद्यालयको खानेपानी सरसफाइमा खर्च गरेका छन । श्री माध्यामिक बिद्यालय दुधिअवा रौतहटका कक्षा ८ मा अध्यनरत बिद्यार्थीहरुले ब्यवसायीक बिषय अन्तरगत ब्यावसाय अभ्यास बिषयमा बिद्यालयको खाली जमिन र कोठा उपभोग गरेर तरकारि खेती गरेका हुन् । विद्यार्थीहरुले विद्यालयको खाली कोठामा च्याउ तथा खाली जमिनमा धनिया, काउली र मुला खेतिगरि कमाएको पैसाले विद्यालयमा चाहिने मसलन्द, भित्तेघडि, सुद्ध पिउने पानी, सौचालय र सरसफाईको लागि सामान खरिद गर्ने गरेको बिद्यार्थी सफल मैनालीले जानकारी दिए । बिगतमा बिद्यालयमा शौचालयमा साबुन पानीको कमी र सरसफाईपर्याप्त मात्रामा नभएको कारण विद्यार्थीहरुले अर्थ संकलनको लागि बैकल्पिक बाटो रोजी तरकारी खेती गरेका हुन ।
तपाईको प्रतिक्रिया