वीरगञ्ज, १ फागुन ः नयाँ शक्ति जिल्ला कार्यसमिती पर्साले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आइतबार देखि ५ दिने हस्ताक्षर अभियान शुरु गरेको छ ।
वीरगञ्जको घण्टाघर चोकमा शुरु भएको हस्ताक्षर अभियानको शुभारम्भ जिल्ला अध्यक्ष बलिराम साह, कोषाध्यक्ष जोगेन्द्र साह, तबरेज आलम, मुकेश द्विवेदी लगायतले हस्ताक्षर गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा अहिले सम्म १ हजार भन्दा बढीले हस्ताक्षर गरि सकेका छन् । पाँच दिन पछि हस्ताक्षर सरकारलाई बुझाईने पार्टीका अध्यक्ष बलिराम साहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया