logo

अवरोधका वीच एमालेको भेला सम्पन्न  वडा कमिटी गठन

      3/25/2017 गते 00 00 मा प्रकाशित     1397   पटक पढिएको

बीरगन्ज, १२ चैत ।

पोखरिया नगरपालिका वडा न. ४ भेडिहारीमा शनिवार नेकपा एमालेको भेला सम्पन भएको छ । भेलाले ताजिन्द्र कलवारको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा फारुल खां पैठान , सचिवमा तैयब खा , कोषध्यक्षमा सोहन साह कलवार लगायतका रहेका छन । भेलामा क्षेत्र न. ४ का एमाले अध्यक्ष एव पूर्व सभासद प्रदुमन चौहान,  मुक्ती समाजका संयोजक सुरेश पासवान, दिनेश कलवार लगायतको सहभागिता रहेको थियो । भेलामा क्षेत्रीय अध्यक्ष चौहानले आसन्न निर्वाचनको तयारीमा लाग्न बिशेष योजनाका साथ लाग्न कार्यकर्तालाइ अपिल गरेका थिए ।  एमालेको भेलालाई अवरोध नेपाल संघीय समाजवादी पार्टीका नेता  नथुनी कुशवाहाको अगुवाईमा प्रदर्शन भएको थियो । मोर्चाको बिरोधलाई स्थानीय महिलाहरुले प्रतिकार गरेका थिए । मोर्चाको अवरोधका बीचपनि एमालेले वडा कमिटी चयन गरेको क्षेत्र न. ४ का एमाले अध्यक्ष प्रदुमन चौहानले बताए । एमालेको कार्यक्रममा अवरोध पु¥याउन संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ता पनि कार्यक्रम स्थलमा पुगेका थिए । उनीहरुले आफनो अवरोधको कारण एमालेको कार्यक्रम भाँडिएको बताएका छन । पूर्व सभासद चौहानले भने लोकतन्त्रको सुन्दरता बिचारको बिविधता रहेको र त्यही बिचार जनताको वीचबाट अनुमोदन हुने भएकोले निषेधको राजनीतिक लोकतान्त्रिक संस्कार बिपरित भएको बताए ।

यसैबीच पोखरियामा शनिवार नेकपा एमालेको युवा भेला सम्पन भएको छ । भेलालाई सम्बोधन गर्दै युवा नेता सुजित गिरीले मधेशमा अतिवादका बिरुद्ध प्रगतीशिल युवाहरु उक हुनु पर्ने बताए । उनले अतिवाद बिकासको बाधक रहेकोले एमालेका युवाहरु अतिवादका विरोधमा लडन तयार रहनु पर्ने बताए ।  भेलामा मन्नु गिरी, राकेश महतो , ममताज आलम , पवन गुप्ता , दिनेश मिश्रा लगायतको विशेष सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.