logo

अवरोधका वीच एमालेको भेला सम्पन्न  वडा कमिटी गठन

      3/25/2017 गते 00 00 मा प्रकाशित     1203   पटक पढिएको

बीरगन्ज, १२ चैत ।

पोखरिया नगरपालिका वडा न. ४ भेडिहारीमा शनिवार नेकपा एमालेको भेला सम्पन भएको छ । भेलाले ताजिन्द्र कलवारको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा फारुल खां पैठान , सचिवमा तैयब खा , कोषध्यक्षमा सोहन साह कलवार लगायतका रहेका छन । भेलामा क्षेत्र न. ४ का एमाले अध्यक्ष एव पूर्व सभासद प्रदुमन चौहान,  मुक्ती समाजका संयोजक सुरेश पासवान, दिनेश कलवार लगायतको सहभागिता रहेको थियो । भेलामा क्षेत्रीय अध्यक्ष चौहानले आसन्न निर्वाचनको तयारीमा लाग्न बिशेष योजनाका साथ लाग्न कार्यकर्तालाइ अपिल गरेका थिए ।  एमालेको भेलालाई अवरोध नेपाल संघीय समाजवादी पार्टीका नेता  नथुनी कुशवाहाको अगुवाईमा प्रदर्शन भएको थियो । मोर्चाको बिरोधलाई स्थानीय महिलाहरुले प्रतिकार गरेका थिए । मोर्चाको अवरोधका बीचपनि एमालेले वडा कमिटी चयन गरेको क्षेत्र न. ४ का एमाले अध्यक्ष प्रदुमन चौहानले बताए । एमालेको कार्यक्रममा अवरोध पु¥याउन संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ता पनि कार्यक्रम स्थलमा पुगेका थिए । उनीहरुले आफनो अवरोधको कारण एमालेको कार्यक्रम भाँडिएको बताएका छन । पूर्व सभासद चौहानले भने लोकतन्त्रको सुन्दरता बिचारको बिविधता रहेको र त्यही बिचार जनताको वीचबाट अनुमोदन हुने भएकोले निषेधको राजनीतिक लोकतान्त्रिक संस्कार बिपरित भएको बताए ।

यसैबीच पोखरियामा शनिवार नेकपा एमालेको युवा भेला सम्पन भएको छ । भेलालाई सम्बोधन गर्दै युवा नेता सुजित गिरीले मधेशमा अतिवादका बिरुद्ध प्रगतीशिल युवाहरु उक हुनु पर्ने बताए । उनले अतिवाद बिकासको बाधक रहेकोले एमालेका युवाहरु अतिवादका विरोधमा लडन तयार रहनु पर्ने बताए ।  भेलामा मन्नु गिरी, राकेश महतो , ममताज आलम , पवन गुप्ता , दिनेश मिश्रा लगायतको विशेष सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.