logo

उम्मेदवारका आकांक्षीहरु सक्रिय, जनजनमा बहस

      3/22/2017 गते 00 00 मा प्रकाशित     2169   पटक पढिएको

सुवर्णपुर १० चैत ।
    स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा सुवर्णपुर गाउँपालिकाको उम्मेदवारहरूबारे बहस शुरु भएको छ । सुवर्णपुर गाउँपालिकामा साबिकका ठोरी, निर्मलबस्ती, सुवर्णपुर, सेढवा तथा महादेवपट्टी गरी ५ गाविस समावेश छन् । साबिक ५ गाविसमा मुख्यगरी तीन राजनीतिक दलहरु क्रियाशिल छन । तीनै दलभित्र कसलाई उम्मेदवार बनाउदा जित्न सकिन्छ भन्ने बहस त शुरु भएको छ नै नेताहरुले आफनो गणीतको बारेमा बिश्लेषण गर्न थालेका छन । यो क्षेत्र ०४६ को परिर्वतन पछि नै जनवादी गणतन्त्रको रुपमा चिनिने क्षेत्र हो । पछिल्लो स्थानीय निर्वाचनमा पनि सुवर्णपुर निर्मलवस्ती र ठोरीमा नेकपा एमालेले बिजय हासिल गरेको थियो ।  तरअहिले कम्युनिष्ट नामका दुई दल माओवादी र एमाले प्रतिस्पर्धा आउदा जनवादी गणतन्त्रको पहिचान काय रहन सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै रहयो । 
         तर अहिले सुवर्णपुर  गाउँपालिकाको प्रमुख को होला भन्नेमा धेरैको चासो बढेको छ ।  नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र भित्र नेताहरु टिकट पाउनकालागि आफनो तरिकाले लविङमा उत्रिएका छन । 
     नेपाली काङ्ग्रेसको तर्फबाट सुवर्णपुर गाउँपालिकाको उम्मेदवार बन्न आन्तरिक दौडधुप तीव्र बनेको छ ।  उम्मेदवारका आकाङ्क्षीहरू आप्mनो पक्षमा सहमति जुटाउन जिल्ला पार्टी सभापतिदेखि प्रभावशाली नेता कहाँ पुग्न थालेका छन् । स्थानीय कार्यकर्ताहरू पनि चियापसल, चोक तथा चौतारामा सम्भावित उम्मेदवारबारे बहस चलाउन थालेका छन् । 
    काङ्ग्रेसमा ठोरी–८ घर भएका काङ्ग्रेस महासमिति सदस्य बृहस्पतिकृष्ण श्रेष्ठको नाम चर्चामा छ । 
    निर्मलबस्ती–८ विजयबस्तीका  काङ्ग्रेस नेता रामबहादुर श्रेष्ठ साबिक सुवर्णपुर गाविसका पूर्व गाविस अध्यक्ष जरी लामा र विश्व घिमिरे पनि उम्मेदवारको आकाङ्क्षी रहेको बताइएको छ ।  ठोरी–८ का  किशोर तामाङ पनि यस दौडमा सामेल भएका छन । 
त्यस्तै      नेकपा एमालेमा पनि सुवर्णपुर गाउँपालिकाको प्रमुखका लागि रस्साकस्सी शुरु भइसकेको छ । नेकपा एमाले प्रदेश नम्बर–२ का सदस्य घनश्याम महतको नाम अहिले चर्चामा छ ।    एमालेमा अर्का प्रभावशाली नेता लालबहादुर श्रेष्ठको नाम पनि उत्तिकै चर्चामा छ । साबिक निर्मलबस्ती–८ घर भएका श्रेष्ठ साविक निर्मलवस्ती गाविसको दूई  पटक अध्यक्षमा निर्वाचित भएका ब्यक्ति हुन ।  साबिक निर्मलबस्ती गाविसको अध्यक्षमा दुईपटक निर्वाचित भइसकेका नेता श्रेष्ठलाई पनि एमालेको बलियो उम्मेदवारको रूपमा हेरिदै छ ।  
    एमालेभित्र अर्का आकाङ्क्षी गङ्गा बहादुर खडका छन । पार्टीको जिल्ला कार्यालय सचिवको रुपमा कार्यरत खडका पूर्व इलाका सदस्य पनि हुन ।  यस्तै अर्का आकाङ्क्षी प्रभावशाली युवा नेता ठाकुर न्यौपाने साविक निर्मलवस्तीका पूर्व उपाध्यक्ष गोविन्द प्रताप श्रेष्ठ ठोरीका पूर्व अध्यक्ष उद्धव  सापकोटा एमाले भित्रका बलिया दावेदारहरु हुन ।  । 

 नेकपा माओवादी केन्द्रमा पनि सुवर्णपुर गाउँपालिकाको प्रमुखका लागि  ठोरी–३ सरस्वतीचोक घर भएका माओवादी केन्द्रका प्रभावशाली नेता रामप्रकाश कुँवरको नाम भने चर्चामा छ । 
    माओवादी केन्द्रमा अर्का प्रभावशाली युवा नेता पिएल। श्रेष्ठको नाम पनि उत्तिकै चर्चामा छ ।  माओवादी केन्द्रमा राजाबाबू बस्नेत, खगेन्द्र श्रेष्ठ, सन्तोष घिमिरे पनि उम्मेदवारको आकाङ्क्षी रहेको पार्टी स्रोतको दाबी  छ ।
     निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि वैशाख १६ गते मनोनयन दर्ता गर्ने सूची सार्वजनिक गरेको छ भने र वैशाख ३१ गते मतदान हुनेछ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.