logo

एमालेले तोक्यो उम्मेदवार छनौटका ७ मापदण्ड  

      3/23/2017 गते 00 00 मा प्रकाशित     1470   पटक पढिएको

काठमाडौं, १० चैत– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारको मापदण्ड तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बिहीवार बसेको स्थायी समिति बैठकले उम्मेदवार छनौटको मापदण्ड पारित गरेको हो । 

एमाले बैठकले स्थानीय तहमा उम्मेदवार बन्नका लागि ७ वटा मापदण्ड तोकेको छ । जस अनुसार स्थानीयत तहमा उम्मेदवारका आकांक्षी मध्ये सिनियर, पार्टीमा निरन्तर क्रियाशील, पार्टीप्रति प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने तथा गर्दै आएको र स्थानीय स्तरमा लोकप्रिय हुनुपर्ने छ । 

बैठकले उम्मेदवार छनौट गर्ने प्रक्रिया  विधि पनि तय गरेको छ । एमालेले तय गरेको प्रक्रिया अनुसार गाउँ तथा नगरपालिकाका वडा अध्यक्ष र सदस्यहरुको नाम छनौट गरी सिफरिस गर्ने जिम्मा सम्बन्धित कमिटीलाई नै दिएको छ । वडा कमिटीहरुले गरेको सिफारिसमा गाउँ तथा नगर कमिटीको राय लिएर जिल्ला कमिटीले वडा अध्यक्ष र सदस्यका उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । 

नगरपालिका र गाउँ पालिकाका प्रमुख र उपप्रमुखको सम्बन्धित कमिटीले गरेको सिफारिसका आधारमा जिल्ला कमिटीको राय लिएर प्रदेश कमिटीले अन्तिम टुंगो लगाउनेछ । महानगरका प्रमुख र उपप्रमुखको भने सम्बन्धित कमिटीको सिफारिसमा प्रदेशसँग परामर्श गरी अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको बैठकले उम्मेदवार छनौटको विधि पनि निर्धारण गरेको छ । एमालेले वडा अध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीको सिफारिसमा, गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाउनेछ ।

गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश कमिटीले छनोट गर्नेछ । तर, त्यसमा पनि सम्वन्धित तहको सिफारिस र जिल्लाको राय चाहिने सचिव योगेश भट्टराईले बताए । उपमहानर र महानगरका मेयर र उपमेयरको उम्मेदवार भने केन्द्रले नै छनोट गर्ने भएको छ । एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित कारबाही गर्ने चेतावनी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.