logo

एमालेले तोक्यो उम्मेदवार छनौटका ७ मापदण्ड  

      3/23/2017 गते 00 00 मा प्रकाशित     1161   पटक पढिएको

काठमाडौं, १० चैत– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारको मापदण्ड तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बिहीवार बसेको स्थायी समिति बैठकले उम्मेदवार छनौटको मापदण्ड पारित गरेको हो । 

एमाले बैठकले स्थानीय तहमा उम्मेदवार बन्नका लागि ७ वटा मापदण्ड तोकेको छ । जस अनुसार स्थानीयत तहमा उम्मेदवारका आकांक्षी मध्ये सिनियर, पार्टीमा निरन्तर क्रियाशील, पार्टीप्रति प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने तथा गर्दै आएको र स्थानीय स्तरमा लोकप्रिय हुनुपर्ने छ । 

बैठकले उम्मेदवार छनौट गर्ने प्रक्रिया  विधि पनि तय गरेको छ । एमालेले तय गरेको प्रक्रिया अनुसार गाउँ तथा नगरपालिकाका वडा अध्यक्ष र सदस्यहरुको नाम छनौट गरी सिफरिस गर्ने जिम्मा सम्बन्धित कमिटीलाई नै दिएको छ । वडा कमिटीहरुले गरेको सिफारिसमा गाउँ तथा नगर कमिटीको राय लिएर जिल्ला कमिटीले वडा अध्यक्ष र सदस्यका उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । 

नगरपालिका र गाउँ पालिकाका प्रमुख र उपप्रमुखको सम्बन्धित कमिटीले गरेको सिफारिसका आधारमा जिल्ला कमिटीको राय लिएर प्रदेश कमिटीले अन्तिम टुंगो लगाउनेछ । महानगरका प्रमुख र उपप्रमुखको भने सम्बन्धित कमिटीको सिफारिसमा प्रदेशसँग परामर्श गरी अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको बैठकले उम्मेदवार छनौटको विधि पनि निर्धारण गरेको छ । एमालेले वडा अध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीको सिफारिसमा, गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाउनेछ ।

गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश कमिटीले छनोट गर्नेछ । तर, त्यसमा पनि सम्वन्धित तहको सिफारिस र जिल्लाको राय चाहिने सचिव योगेश भट्टराईले बताए । उपमहानर र महानगरका मेयर र उपमेयरको उम्मेदवार भने केन्द्रले नै छनोट गर्ने भएको छ । एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित कारबाही गर्ने चेतावनी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.