logo

दल दर्तामा कांग्रेस–एमालेभन्दा मधेसी दल अगाडि

      3/23/2017 गते 00 00 मा प्रकाशित     1288   पटक पढिएको

स्थानीय तहको निर्वाचनका लागि पर्सा जिल्लाका मधेसकेन्द्रित दलहरूले एमाले, कांग्रेसभन्दा पहिले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । तिनै दलका नेताले मधेसी जनतालाई भने मधेसकेन्द्रित राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग नलिने  भनिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ता गर्न गएको २५ पुसमा सार्वजनिक सूचना जारी भएको थियो । जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले सो समयावधिभित्र पर्सामा ४० वटा राजनीतिक दलले नाम दर्ता गराएको जानकारी दिए ।


निर्वाचन कार्यालयमा नाम दर्ता गर्नेमा नेपाल समाजवादी पार्टी ९लोहियावादी० ले पनि नयाँ संविधानअनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सूचना प्रकाशित भएकै दिन १ नम्बरमा दल दर्ता गराएको भेटिएको छ ।

जारी संविधानको विरोधमा सबैभन्दा चर्का स्वरमा विरोध गर्ने उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले ४ नम्बरमा आफ्नो नाम दर्ता गराएको छ । त्यसैगरी, शरदसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी ८ नम्बर, राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी ९ नम्बर, महन्थ ठाकुरले नेतृत्व गरेको तराई–मधेस लोकतान्त्रिक पार्टी

९तमलोपा० १० नम्बर र अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी ३७ नम्बरमा दर्ता भएको निर्वाचन कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।

ती दल दर्ता भएको मिति पनि क्रमशः ६, ११, १२ र १७ माघ २०७३ रहेको निर्वाचन कार्यालय पर्साले जनाएको हो । कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र भने क्रमशः १३ नम्बर, १६ नम्बर र २९ नम्बरमा मात्र दर्ता भएको भेटिएको छ । ती दल दर्ताको मिति पनि क्रमशः गएको १३ र  १७ माघ रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको आजको राजधानी दैनीकले लेखेको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.