logo

धोवीनीमा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न 

      3/23/2017 गते 00 00 मा प्रकाशित     1267   पटक पढिएको

 

बीरगंज १० चैत ।नेकपा एमालेको धोवीनीमा आज भेला सम्पन्न भएको छ । पर्सा क्षेत्र नं ५ का सभासद जय प्रकाश गुप्ताको अध्यक्षतामा भएको भेलामा पार्टीका पोलिट ब्यूरो सदस्य नागेन्द्र चौधरीले नेपालका उत्पीडित जनताको हितमा एमाले दशकौ देखी लडदै आएको बताए । उनले नेकपा एमाले सिगो मुलुकमा रहेका जनताको हितका निम्ति लडने पार्टी भएको बताउदै मधेशका गरिब निमुखा उत्पीडित जनताको वास्तविक मित्र एमाले नै भएको बताए ।

उनले एमालेलाई मधेशबिरोधी देखाएर कांग्रेस पानी माथिको ओभानो बन्ने प्रयासमा रहेको बताए । मधेशी जनताको हितका निम्ति इतिहासमै पहिलो पटक केपी ओली सरकारले बजेट बिनियोजन गरेको चर्चा गर्दै नेता चौधरीले जनताको सम्बृद्धि र सम्पन्न देश एमालेको सपना भएको बताए । कार्यक्रमका अर्का वक्ता नेकपा एमाले पर्साका सह इन्चार्ज प्रहलाद गिरीले श्रमजीवी जनताको न्यायपूर्ण आन्दोलनको अगुवाई गरेको एमाले मधेशी जनताको बिरोध नभएको बताए ।

उनले नेकपा एमाले शोषक जाली र जमिन्दारको पक्षमा नरहेको कुरा प्रति आम मधेशी जनतालाई प्रष्ट हुन आग्रह गरे । कार्यक्रममा एमालेका नेताहरु दिनेश राई पर्साका संयोजक चीरन्जीवी आचार्य डा.बिश्वम्भर शर्मा पर्सा क्षेत्र  नं ३ का सभासद राजकुमार गुप्ता प्रभू हजार,हरिन्द्र हजार घनश्याम महत मनोज चौधरी प्रदुम्न चौहान ध्रुब कुशवाहा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बुजलाल पासवान पर्सा अध्यक्ष अनुप तिवारी लगायतको सहभागिता रहेको युवा नेता अरुण यादवले बताए ।

कार्यक्रममा धोवीनी गाविसका पूर्व अध्यक्ष इस्लाम मियाको नेतृत्वमा २९ जना एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई पार्टीका नेता नागेन्द्र चौधरीले टिका लगाई पार्टीेमा प्रवेश गराएका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.