वीरगञ्ज, ९ चैत :
पर्सा क्षेत्र नं ३ अन्तर्गत फुलकौल गाउँमा ४० लाखको लागतमा नाला तथा सडक निर्माणकार्य बुधबार देखि शुरू भएको छ । सांसद राजकुमार गुप्ताले बुधबार एक कार्यक्रमका बीच नाला तथा सडक निर्माणको शिलान्यास गरेका छन् ।
संसदिय बिकाश पूर्वाधार कार्यक्रम अन्तर्गत उक्त निर्माण कार्य शुरू भएको हो ।
आज सम्पन शिलान्यास कार्यक्रममा नेकपा एमालेका नेता प्रभु हजरा, ध्रुव कुशवाहा, लगायतको उपिस्थती रहेको थियो ।
तपाईको प्रतिक्रिया