logo

भारतले माफी माग्नुपर्छ ःगृहमन्त्री निधी

      3/25/2017 गते 00 00 मा प्रकाशित     1417   पटक पढिएको

कञ्चनपुर १२ चैत,  । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ ।

गृहमन्त्री बिमलेन्द्र निधिले शहीदको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गरे । उनले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गरे । परिवारलाई राहत हस्तान्तरण गरेपछि घटनास्थल अवलोकन गर्दै गृहमन्त्री निधिले भारतले यस घटनाप्रति माफी माग्नुपर्ने बताएका छन् । उनले भने, ‘भारतले नै गोली चलाएको पुष्टि भइसकेको छ । उसले यस घटनाप्रति माफी माग्नुपर्छ र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । उनले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त गरे ।शहीद परिवारलाई यसअघि नेकपा एमालेले ५ लाख र माओवादी केन्द्रले ६ लाख राहत प्रदान गरेका थिए । गृहमंत्री निधीले सोही घटनामा गम्भीर घाइते भइ धनगढीमा उपचार गराइरहेका टिकाराम चापागाईंलाई थप उपचारका लागि काठमाडौं लिएर गएका छन् ।उनको धनगढी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो ।नेपाली कांग्रेसका तर्फबाट उनले घाइते चापागाईंलाई पनि १ लाख राहत उपलब्ध गराए ।

यसैबीच शहीद गौतमका परिवारलाई नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ६ ले ४ लाख राहत प्रदान गरेको छ ।  । नेविसंघले घाइते चापागाईंलाई पनि १ लाख २० हजार १०१ रुपैयाँ सहयोग गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्दबजारमा नेपाली भूमिमा कल्वर्ड निर्माण गर्न लाग्दा भारतीय एसएसवीले रोकेपछि सुरु भएको बिवादले उग्ररुप लिँदा गत फागुन २६ गते एसएसवीले सोही ठाउँका ३० बर्षीय गोविन्द गौतमलाई गोली हानी हत्या गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.