logo

माझी बचाऔ अभियानमा सहभागी बन्न अभियान्ताहरुको अपिल

      3/24/2017 गते 00 00 मा प्रकाशित     1413   पटक पढिएको

बीरगंज ११ चैत । 
एबडोमिनल एब्सट्रक्सनबाट पीडित भई उपचार गराई रहेका सिकेन्द्र माझिलाई आर्थीक सहयोग प्राप्त भइरहेको छ । उनको स्वासथ्य अवस्थामा सुधार आइरहेको  उनको उपचारकोलागि अर्थ संकलनको अभियान संचालन गर्ने अभियान्ता प्रकाश थारुले बताए । बीरगंजको नेशनल मेडिकल क्लेजमा उपचार गराई रहेका सिकेन्द्र माझी आन्द्रा फूटेर शरीर भरि संक्रमणबाट पीडित छन । उनको सम्तीको नाममा एक श्रीमती ३ छोरा २ छोरी मात्र छन । जेठो छोरी ९ वर्ष कान्छो छोरा डेढ वर्षका छन । आर्थिक अभावमा बीरगंजकाृ नारायणी उपक्षेत्रीय अस्पतालमा जीवन संग संघर्ष गरिरहेका माझीलाई सामाजिक अभियान्ता प्रकाश थारुले  फाल्गुन १३  बीरगंजको नेशनल मेडिकल कलेजमा उपचारकालागि भर्ना गराएका थिए । सानो आन्द्रामा गाठो परेर फुटे पछि नारायणी अस्पतालले नेशनल मेडिकल क्लेजमा रिफर गरेको थियो । आफूसंग भएको पैसाले माझीको उपचार शुरु गरेका थारुले त्यही दिन सामाजिक संजालमा “पैसा नभए अउपचारको अभावमा मान्छे मर्ने रहेछ” भन्दै सन्देश लेखे । उनको यो सन्देश पढनेहरुले त्यही दिन सहयोगी हातहरु बढाए र उपचारका लागि २१ हजार रुपैया त्यही दिन उठ्यो । सहयोग जुटने कुराले उत्साहित भएका थारुलाई यो अभियानमा  युवासंचारकर्मी राजेन्द्र सिंहको पनि महत्वपूर्ण सहयोग रह्यो । अस्पतालको शैय्यामा २७ दिन देखी उपचारमा रहेका माझीको उपचारमा अहिले सम्म २ लाख २६ हजार खर्च भएको छ । यो सबै रकम सहयोग स्वरुप उठेको हो । माझीको उपचारका निम्ति शुक्रवार बीरगंजको साउथ जोन बोर्डिङ स्कूलका बिद्यार्थीले आफ्नो खाजा खर्चको पैसा जोगाएर सहयोग गरेका छन । बिद्यार्थी शिक्षक र बिद्यालयको तर्फबाट  २१ हजार ४ सय रुपैया सहयोग गरेका छन । त्यसैगरि रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको एभरग्रिन अग्रेजी बिद्यालयका छात्रछात्राले खाजा खर्च जोगाएर आजै ८ हजार १ सय १५ रुपैया सहयोग गरेका छन । त्यस्तै २ हजार रुपैया गोप्य दान समेत प्राप्त भएको अभियान्ता थारुले बताए ।  माझीको उपचारकोलागि  कादम्बरी स्कूल बिद्याथी हरु बाट ११ हजार ६ ३९रुपैया गुरुकुलका तर्फ बाट रु ६ हजार,गुरुकुल एकेडेमीको तर्फबाट रु ६ हजार २७,बिआई टी का अबध सिंहको तर्फबाट रु११ हजार,कोशिश फाउण्डेशनको तर्फबाट रु ११ हजार सहयोय प्राप्त भएको अभियान्ता राजेन्द्र सिंहले बताए । उनको उपचार लामो समय सम्म हुने भएकोले उपचार खर्चको अभाव रहेको थारुले बताए । अस्पतालको सघन उपचार कक्षको रकम तिर्न बाँकी रहेको समेत उनले बताए ।  माझीको जीवन जोगाउनकालागि अझै पनि रकमको आवशयकता भएकोले सहयोगी मनहरुलाई सहयोग जुटाउन अभियान्ता थारु र सिंहले अपिल गरेका छन । अहिले माझीको स्वास्थ्यमा सुधार आएको उनीहरुको भनाई छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.