logo

माझी बचाऔ अभियानमा सहभागी बन्न अभियान्ताहरुको अपिल

      3/24/2017 गते 00 00 मा प्रकाशित     1683   पटक पढिएको

बीरगंज ११ चैत । 
एबडोमिनल एब्सट्रक्सनबाट पीडित भई उपचार गराई रहेका सिकेन्द्र माझिलाई आर्थीक सहयोग प्राप्त भइरहेको छ । उनको स्वासथ्य अवस्थामा सुधार आइरहेको  उनको उपचारकोलागि अर्थ संकलनको अभियान संचालन गर्ने अभियान्ता प्रकाश थारुले बताए । बीरगंजको नेशनल मेडिकल क्लेजमा उपचार गराई रहेका सिकेन्द्र माझी आन्द्रा फूटेर शरीर भरि संक्रमणबाट पीडित छन । उनको सम्तीको नाममा एक श्रीमती ३ छोरा २ छोरी मात्र छन । जेठो छोरी ९ वर्ष कान्छो छोरा डेढ वर्षका छन । आर्थिक अभावमा बीरगंजकाृ नारायणी उपक्षेत्रीय अस्पतालमा जीवन संग संघर्ष गरिरहेका माझीलाई सामाजिक अभियान्ता प्रकाश थारुले  फाल्गुन १३  बीरगंजको नेशनल मेडिकल कलेजमा उपचारकालागि भर्ना गराएका थिए । सानो आन्द्रामा गाठो परेर फुटे पछि नारायणी अस्पतालले नेशनल मेडिकल क्लेजमा रिफर गरेको थियो । आफूसंग भएको पैसाले माझीको उपचार शुरु गरेका थारुले त्यही दिन सामाजिक संजालमा “पैसा नभए अउपचारको अभावमा मान्छे मर्ने रहेछ” भन्दै सन्देश लेखे । उनको यो सन्देश पढनेहरुले त्यही दिन सहयोगी हातहरु बढाए र उपचारका लागि २१ हजार रुपैया त्यही दिन उठ्यो । सहयोग जुटने कुराले उत्साहित भएका थारुलाई यो अभियानमा  युवासंचारकर्मी राजेन्द्र सिंहको पनि महत्वपूर्ण सहयोग रह्यो । अस्पतालको शैय्यामा २७ दिन देखी उपचारमा रहेका माझीको उपचारमा अहिले सम्म २ लाख २६ हजार खर्च भएको छ । यो सबै रकम सहयोग स्वरुप उठेको हो । माझीको उपचारका निम्ति शुक्रवार बीरगंजको साउथ जोन बोर्डिङ स्कूलका बिद्यार्थीले आफ्नो खाजा खर्चको पैसा जोगाएर सहयोग गरेका छन । बिद्यार्थी शिक्षक र बिद्यालयको तर्फबाट  २१ हजार ४ सय रुपैया सहयोग गरेका छन । त्यसैगरि रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको एभरग्रिन अग्रेजी बिद्यालयका छात्रछात्राले खाजा खर्च जोगाएर आजै ८ हजार १ सय १५ रुपैया सहयोग गरेका छन । त्यस्तै २ हजार रुपैया गोप्य दान समेत प्राप्त भएको अभियान्ता थारुले बताए ।  माझीको उपचारकोलागि  कादम्बरी स्कूल बिद्याथी हरु बाट ११ हजार ६ ३९रुपैया गुरुकुलका तर्फ बाट रु ६ हजार,गुरुकुल एकेडेमीको तर्फबाट रु ६ हजार २७,बिआई टी का अबध सिंहको तर्फबाट रु११ हजार,कोशिश फाउण्डेशनको तर्फबाट रु ११ हजार सहयोय प्राप्त भएको अभियान्ता राजेन्द्र सिंहले बताए । उनको उपचार लामो समय सम्म हुने भएकोले उपचार खर्चको अभाव रहेको थारुले बताए । अस्पतालको सघन उपचार कक्षको रकम तिर्न बाँकी रहेको समेत उनले बताए ।  माझीको जीवन जोगाउनकालागि अझै पनि रकमको आवशयकता भएकोले सहयोगी मनहरुलाई सहयोग जुटाउन अभियान्ता थारु र सिंहले अपिल गरेका छन । अहिले माझीको स्वास्थ्यमा सुधार आएको उनीहरुको भनाई छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.