logo

अंगिकृतलाई महत्वपूर्ण पद दिन मिल्दैनः नेता डा.कोइराला

      4/2/2017 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको

वीरगन्ज, २० चैत 
    अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने कसैलाई देशको संवेदनशिल पदमा लान  नमिल्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले बताएका छन् । निर्वाचन नजिकिदै गर्दा पार्टीलाई पर्सामा पनि अलि चलाएमान बनाउन वीरगन्ज झरेका नेता कोइरालाले नेपाल प्रेस युनियनका पूर्व सभापति काशीनाथ यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मुलुकको संबेदनशिल चार पदमा अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने कसैलाई लान मिल्दैन’ उनले भने । अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने नागरिक सम्मानित नागरिक नै हुन् । तर राष्ट्रका प्रमुख पद, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश र सुरक्षा अंगका प्रमुख लगायतका पदमा लाने बाटो खोल्नु हुँदैन । बंशजको आधारमा नागरिकता लिएका अंगिकृतका सन्ततीलाई भने ती पदमा जान कुनै रोकटोक हुँदैन उनले भने । यो कुरा मधेशी दल र मधेशी जनतालाई पनि प्रष्टसँग बुझाउनु पर्छ नेता कोइरालाले थपे । यसमा नेपालको ‘सेन्सेटिभ’ अवस्थालाई अन्य राष्ट्रहरुले पनि बुझिदिनुपर्छ उनले तर्क गरे ।
भाषाका सवालमा हिन्दी भाषालाई नेपालको राष्ट्रभाषाका रुपमा बढावा हुने गरी अगाडि सार्न नहुने पनि उनको भनाइ छ । मातृभाषाहरुलाई सरकारी कामकाजको भाषाका रुपमा अगाडि ल्याउन सकिन्छ । तर मुलुकमा दशमलब शुन्य केही प्रतिशतले बोल्ने हिन्दीभाषा सरकारी कामकाजको भाषा हुन सक्दैन नेता कोइरालाले भने । प्रेस युनियन पर्साका कार्यवाहक अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रदेश सिमांकनका सवालमा पनि अहिले संशोधन गरेर जानु भन्दा पनि शक्तिशाली आयोग बनाएर उसले ल्याएको परिणामलाई स्वीकारेर जाने सहमति गरिनु पर्नेमा जोड दिए । मधेशी मोर्चा मध्यमार्गी शक्ति भएकोले जबरजस्ती भित्तामा पु¥याउन खोजे २ नम्बर प्रदेशबाट नै विखण्डनको बिउ रोपिन सक्छ । उनीहरुलाई पनि सगै लिएर जाने वातावरण मिलाउनु पर्छ । अनि मधेशी मोर्चाले पनि सबै आफैले भनेको हुनुपर्छ भनी जिरह गर्नु उचित होइन । मधेशमा बसोबास गर्ने एकतिहाइ पहाडी मूलका नागरिकलाई मधेशी होइनन् भन्ने केहीको कुरा पनि गलत छ । मधेशमा मधेशी मोर्चाको उग्रवाद र एमालेको उग्रराष्ट्रवादले अझ द्वन्द्व निम्तन्छ । त्यसैले हिमाल पहाड र तराईलाई जोड्ने गरी अगाडि बढ्न पर्ने नेता कोइरालाले सुझाए  । कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी सभासदहरु अनिल रुङ्गटा राजेन्द्र बहादुर अमात्य नेता जनार्दन सिंह क्षेत्री नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा पूर्व अध्यक्ष दिपेन्द्र चौहान लयातले मन्तब्य ब्यक्त गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.