logo

सरकारी, गैरसरकारी संस्थाका कर्मचारीद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

      4/7/2017 गते 00 00 मा प्रकाशित     1315   पटक पढिएको

 

वीरगंज, २५ चैत । पर्सास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे पनि सम्बन्धित निकाय मौन छ । फितलो अनुगमनको कारण अहिले पर्साका सरकारी कर्मचारीहरू खुल्लमखुलारूपले राजनीतिक दलको प्रचारप्रसारमा लागेका पाइएको छ ।

 

जिल्लाका अधिकांश सरकारी शिक्षकहरू पार्टी प्रवेश कार्यक्रममा सहभागी भई टीका र माला लगाएका देख्न सकिन्छ । विद्यालयको कामकाज ठप्प पारी बिहानदेखि रातिसम्म राजनीतिक दलका नेताहरूसँग घुमफिर गर्ने, मत माग्ने र बेलुका होटलमा रमाइलो गर्ने गरेका देखिएको छ । सरकारी कर्मचारीहरूमा शिक्ष्Fकहरू बढी मात्रामा राजनीतिक दलका कार्यक्रममा सहभागी हुने गरे पनि जिल्ला शिक्ष्Fा कार्यालय मौन छ । पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले सरकारी शिक्ष्Fकहरूलाई राजनीतिक दलका कार्यक्रममा जान आचारसंहिताले रोक लगाएको बताए । आपूmले शिक्ष्Fकहरूको अनुगमन गरिरहेको र आचारसंहिता उल्लङ्घन गर्ने शिक्ष्Fकमाथि नियमानुसार कारबाई गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्ष्Fकहरू पार्टीका कार्यक्रममा सहभागी मात्र नभई आप्mनै अध्यक्ष्Fतामा नै कार्यक्रमहरू सञ्चालन गरिरहेका विभिन्न सञ्चार माध्यममा सार्वजनिक पनि भइसकेको छ ।

 

निर्वाचन आचारसंहिता–२०७३ ले गैरसरकारी संस्थाहरूले पनि आचारसंहिता पालना गर्नुपर्ने निर्देशन जारी गरेको छ । तर आचारसंहिताविपरीत गैरसरकारी संस्थाहरूले आप्mनै कार्यालयमा राजनीतिक कार्यक्रमहरू गर्ने गरेका र संस्थाकै बजेटमा चियापानसमेत गर्ने गरेका पाइएको छ । गैरसरकारी संस्थाहरूका कार्यालय तथा भवनमा रातभरि राजनीतिक कार्यक्रम हुने गरेको र योजनासमेत बन्ने गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आचारसंहिता–२०७३ लागू भएपछि सरकारी कर्मचारीको विषयमा निश्चित मापदण्ड तोकेको बताए ।

 

उनले आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीहरूलाई निर्वाचन ऐन २०७३ बमोजिम कारबाई र सजाय हुने व्यवस्था रहेको जानकारी गराए । सरकारी कर्मचारी तथा शिक्ष्Fकहरू राजनीतिक दलको कार्यक्रममा टीका, माला लगाइ पार्टी प्रवेश गर्नु गलत भएको बताए । प्रमाण फेला परे आपूmले कारबाई गर्ने उनले बताए ।

साभार: प्रतिक दैनिक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.