logo

सरकारी, गैरसरकारी संस्थाका कर्मचारीद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

      4/7/2017 गते 00 00 मा प्रकाशित     1206   पटक पढिएको

 

वीरगंज, २५ चैत । पर्सास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे पनि सम्बन्धित निकाय मौन छ । फितलो अनुगमनको कारण अहिले पर्साका सरकारी कर्मचारीहरू खुल्लमखुलारूपले राजनीतिक दलको प्रचारप्रसारमा लागेका पाइएको छ ।

 

जिल्लाका अधिकांश सरकारी शिक्षकहरू पार्टी प्रवेश कार्यक्रममा सहभागी भई टीका र माला लगाएका देख्न सकिन्छ । विद्यालयको कामकाज ठप्प पारी बिहानदेखि रातिसम्म राजनीतिक दलका नेताहरूसँग घुमफिर गर्ने, मत माग्ने र बेलुका होटलमा रमाइलो गर्ने गरेका देखिएको छ । सरकारी कर्मचारीहरूमा शिक्ष्Fकहरू बढी मात्रामा राजनीतिक दलका कार्यक्रममा सहभागी हुने गरे पनि जिल्ला शिक्ष्Fा कार्यालय मौन छ । पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले सरकारी शिक्ष्Fकहरूलाई राजनीतिक दलका कार्यक्रममा जान आचारसंहिताले रोक लगाएको बताए । आपूmले शिक्ष्Fकहरूको अनुगमन गरिरहेको र आचारसंहिता उल्लङ्घन गर्ने शिक्ष्Fकमाथि नियमानुसार कारबाई गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्ष्Fकहरू पार्टीका कार्यक्रममा सहभागी मात्र नभई आप्mनै अध्यक्ष्Fतामा नै कार्यक्रमहरू सञ्चालन गरिरहेका विभिन्न सञ्चार माध्यममा सार्वजनिक पनि भइसकेको छ ।

 

निर्वाचन आचारसंहिता–२०७३ ले गैरसरकारी संस्थाहरूले पनि आचारसंहिता पालना गर्नुपर्ने निर्देशन जारी गरेको छ । तर आचारसंहिताविपरीत गैरसरकारी संस्थाहरूले आप्mनै कार्यालयमा राजनीतिक कार्यक्रमहरू गर्ने गरेका र संस्थाकै बजेटमा चियापानसमेत गर्ने गरेका पाइएको छ । गैरसरकारी संस्थाहरूका कार्यालय तथा भवनमा रातभरि राजनीतिक कार्यक्रम हुने गरेको र योजनासमेत बन्ने गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आचारसंहिता–२०७३ लागू भएपछि सरकारी कर्मचारीको विषयमा निश्चित मापदण्ड तोकेको बताए ।

 

उनले आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीहरूलाई निर्वाचन ऐन २०७३ बमोजिम कारबाई र सजाय हुने व्यवस्था रहेको जानकारी गराए । सरकारी कर्मचारी तथा शिक्ष्Fकहरू राजनीतिक दलको कार्यक्रममा टीका, माला लगाइ पार्टी प्रवेश गर्नु गलत भएको बताए । प्रमाण फेला परे आपूmले कारबाई गर्ने उनले बताए ।

साभार: प्रतिक दैनिक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.