logo

आनोद हत्या काण्ड दबाउन नेपाल प्रहरी अग्रसर

मुद्दाबाट जोगिन हत्याराहरु काँग्रेसमा प्रवेश, बीस लाखको चलखेल

      4/7/2017 गते 00 00 मा प्रकाशित     1419   पटक पढिएको

 

वीरगञ्ज, २५ चैत । पर्साको विश्रामपुर निवासी आनोद साह कलवारको अपहरण, शरीर बन्धक तथा हत्याका मामिला दबाउन नेपाल प्रहरी अग्रसर रहेको तथ्य प्रहरीकै गतिविधीले देखाएको छ । घटनाको शुक्रबार १७ औं दिनसम्म जिल्ला प्रहरी कार्यालय पर्साले जाहेरी निवदेन दर्ता गर्न मानेको छैन । पिडित परिवारसँग घटनाको बारेमा विस्तृत जानकारी १४ औं दिन पछि मात्र अधिकारकर्मीहरुको दवाबका कारण प्रहरीले लिएको छ । घटनाको विरोधमा वितेको चैत १७ गते विश्रामपुरका सयौंको संख्यामा रहेको स्थानीयले प्रहरी उपरीक्षक गोविन्द साहलाई भेटी दोषी उपर कारवाहीको माग गरेका थिए । प्रहरीले कारवाहीमा पछि नहट्ने प्रतिबद्धता जनाएपनि कामकारवाहीको शैलीमा परिवर्तन देखाएन ।

 

प्रहरी फसेपछि उसले व्यवसायीक प्रतिबद्धता विपरित हर्कत गर्न थालेको असन्तुष्ट प्रहरी अधिकृतहरुकै भनाई छ । आनोद साह कलवार चैत ८ गते बजार जान्छु भनेर हिँडेको र घर नफर्के पछि परिवारजनले उनको खोजी कार्य जारी गरेको थियो । भोली पल्ट विश्रामपुर र पिपराको बीचमा कल्र्भट नजिक झोलामा तरकारी बोकेको अवस्थामा उनले प्रयोग गर्ने साईकल फेला परे पछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको खोजीमा ध्यान दिएन । प्रहरी लापरवाहीको परिणाम स्वरुप चैत १५ गते अनुहार चिन्न नसक्ने गरी गहुँबारीमा फालिएको अवस्थामा साहको लास फेला परेको थियो । शवको मुचुल्का गर्ने प्रहरीका अनुसार दुईवटै आँखामा किल्ला गाडेको, जिब्रो, कान, नाक, हातखुट्टाको औला काटेको अवस्थामा उनको शव फेला परेकोले यातना दिएर हत्या गरिएको देखिन्छ । उनको नजिकैको घरमा हत्या गरेर लाश गन्हाउन थालेपछि गहुँवारीमा फालिएको आशंका गरिएको छ । घटनाको प्रकृति हेर्दा घटनास्थल पनि नजिकै हुनुपर्छ, हामी त्यसको खोजीमा जुटेका छौं मुचुल्का गर्न विश्रामपुर पुगेका प्रहरीले भनेको कुरा स्थानीयले बताएका छन् ।

 

काँग्रेसको नेताहरुको घरमा आश्रय लिएर बसिरहेका छन् । मुद्दामा काँग्रेसका नेताहरु सहयोगमा लागे पछि हत्याराका परिवारजन बिहीबार नेपाली काँँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई अविरको टिका लगाएर रातारात संगठनको जिम्मेवारी दिएर जोगाउने एक चरणको प्रचञ्च सम्पन्न भएको छ । त्यस्तै घटनाको भोली पल्टै पिडित परिवारलाई एक विगाहा जग्गा र दश लाख रुपैयाँ दिएर मुद्दा सल्टाउने प्रयास भएको थियो । तर पिडित परिवार कानूनी कारवाहीको अडानमा अडिग भए पछि सो रकम प्रहरीलाई नै दिएर मामिला मिलाउने अभियानमा केहि व्यक्तिहरु लागे पछि प्रहरी सो मुद्दाको अनुसन्धानमा व्यवसायीक प्रतिबद्धता विरितको गतिविधि सुरु गरेको देखिन्छ ।

 

घटना सम्बन्धमा पर्साका प्रहरी प्रवक्ता चक्रराज जोशीले भने स् सोमबारसम्म मुद्दा दर्ता हुने सम्भावना रहेको छ । यो मुद्दालाई एसपी साहेबले आफै हेरेका कारण धेरै कुरा आफूलाई जानकारी नभएको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.