logo

एमालेको अराजकताले समस्या बल्झायोः नेता कोइराला

      4/4/2017 गते 00 00 मा प्रकाशित     1307   पटक पढिएको

बीरगंज   २२ चैत्र
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफनो पार्टीले मधेशी जनताको पक्षमा आवाज उठाउदै आएको बताएका छन । बीरगंजमा नेपाली कांग्रेस पर्साको क्षेत्र नं १को क्षेत्रीय सम्मेलनको उद्धघाटन गर्दै उनले मधेशी मोर्चाले उठाएका कतिपय माग प्रति आफनो पार्टीको समेत सकारात्मक दृष्टिकोण रहेको बताए  । उनले  अंगिकृत नागरिकताका बाहकलाई राष्ट्रको प्रमुख चार सम्बैधनिक पदको जिम्मेवारी दिन भने नहुने बताए  । उनले  राष्ट्रपती ,प्रधानमंत्री ,प्रधानन्यायधीश सुरक्षा प्रमुख जस्ता सम्बैधानिक पदमा अंगिकृत नागरिकताबाहकलाई जान नदिने कुरा ठिक भएको बताउदै अन्य सम्बैधानिक पदमा उनीहरुले पनि भाग लिन पाउनु पर्ने आफनो धारणा रहेको बताए  ।
    उनले नेपाली कांग्रेस भित्र ब्यक्तिगत स्वार्थ पूर्ती गर्ने प्रवृति हावी भएकोले पार्टी कमजोर भएको बताउदै त्यागको र संगठीत हुने भावनाका साथ अगाडि बढेर पार्टीलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताए । उनले  नेकपा एमालेको अराजकतापूर्ण गतिविधिले मधेशको समस्या बल्झिाएको चर्चा गर्दा समस्या समाधान गर्न नेपाली कांग्रेसले मध्यमार्गीको भूमिका खेल्नु पर्ने बताए । नेपाली कांग्रेसले सुझबुझ पूर्ण रुपमा मधेशको समस्या हल गर्ने कुराको नेतृत्व लिन नसके मधेशमा अरुले खेल्ने कुराप्रति सचेत हुन समेत उनले आग्रह गरे । मधेशमा खेल्ने तत्वलाई खेल्ने वतावरण बन्न नदिन नेपाली कांग्रेसले भूमिका खेल्नु पर्ने उनको धारणा थियो । पार्टीका क्षेत्रीय सभापति बिजय सर्राफको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता सभासद सुरेन्द्र चौधरी अनिल रुङ्गटा पार्टीका जिल्ला सभापति अजय द्विवेदी नेता जनार्दन सिंह क्षेत्री लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.