काठमाडौं, २५ चैत :
स्थानीय तह निर्वाचनका लागि सरकारले भारसँग ५ सय सवारीसाधन अनुदानमा मागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका बेला निर्वाचनमा मतपेटिका लागितका प्राविधकि उपकरण उपलव्ध गराउने सहमति भइसकेको छ ।
केही दिनअघि अर्थमन्त्रालयले सवारी साधन उपलव्ध गराउने प्रयोजन सहितको पत्र भारत सरकार समक्ष पठाएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार ५ सयभन्दा बढी सवारी सहयोग सम्बन्ध औपचारिक पत्र पठाइएको छ ।
यसअघिका दुवै संविधानसभा निर्वाचनमा पनि भारतले ठूलो संख्यामा सवारी साधन अनुदान सहयोग गरेको थियो ।
तपाईको प्रतिक्रिया