logo

सरकारद्वारा अदालतमा लिखित जवाफ पेस

      4/28/2017 गते 00 00 मा प्रकाशित     1060   पटक पढिएको

काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतको आदेशानुसार सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजपत्रसहित आज लिखितपत्र पेस गरेको छ ।
 

सरकारले सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजातसहितको लिखितपत्र सर्वोच्च अदालतमा पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
 

अदालतमा पेस गरिएको लिखितपत्रमा सरकारले प्रहरी नायब महानिरीक्षक सिलवालले आफ्नो कार्यसम्पादन मूल्याङ्कन कागजात फर्जी बनाएको उल्लेख छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनमा कार्यसम्पादन मूल्याङ्कन कागजात फर्जी भएको बताइएको छ ।
 

सिलवालले तत्कालीन प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल प्रहरी महानिरीक्षक भएलगत्तै गत चैत १९ गते अदालतमा रिट निवेदन दायर गरी कार्यसम्पादन मूल्याङ्कनमा आफ्नो अङ्क अर्यालभन्दा बढी रहेको उल्लेख गर्नुभएको थियो । सरकारले पठाएको सो लिखित जवाफबारे यही वैशाख १९ गते पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.