logo

धनुषामा फेरि नापीका कर्मचारी घुससहित समातिए 

      4/4/2017 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको

जनकपुर २२ चैत – दुई दिन नबित्दै धनुषामा अख्तियारको टोलीले फेरि नापीकै एक कर्मचारीलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासको टोलीले नापी कार्यालय धनुषाका नापी सर्वेक्षक रामलोचन ठाकुरलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।आयोगका बर्दिबासका एसपी राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले मंगलबार बिहान ११ बजे सेवाग्राहीबाट लिएको घुससहित पक्राउ गरेको हो । सेवाग्राहीले दिएको गोप्य सूचनाको आधारमा सर्वेक्षक ठाकुरलाई घुससहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।यसबारेमा थप अनुसन्धान भइरहेको र भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइने एसपी राजकुमार लम्सालले जानकारी दिए । यसअघि गएको आइतबार मात्रै नापी कार्यालय धनुषाकै अमिन कृष्ण जोसीलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ नगद घुससहित अयोगले पक्राउ गरेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.