logo

निर्वाचन परिचालनकालागि एमालेले बनायो जम्बो कमिटी

      4/2/2017 गते 00 00 मा प्रकाशित     1358   पटक पढिएको

बारा २० चैत्र ।
      
   बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन परिचालन गर्नकालागि नेकपा एमाले बाराले अध्यक्ष सुन्दर बिश्वकर्माको १५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बारामा आज सम्पन्न जिल्ला कमिटीको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 

बैठकले बारा जिल्लामा १५ वटा स्थानीय तहको निर्धारण भएपछि पार्टी स्थायी कमिटीले तय गरेको कार्यविधीअनुसार जिल्लाका चार नगरपालिका र नौ वटा गांउपालिकामा संगठन कमिटीको संयोजक,सह संयोजक तोक्ने निर्णय गरेको छ । जसको संयोजक,सह संयोजक तोक्नुकासाथै  सदस्यहरुसहित कमिटीलाई पुर्णता दिने निर्णय गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिए । बैठकले कोल्हबी नगर संगठन कमिटीको संयोजकमा पृथ्बी राज सिबाकोटी,सह–संयोजक कल्याणी बिमली,सिम्रौनगढ नगर संगठन कमिटीको संयोजकमा गगनदेब कुशवाहा,सह–संयोजक बबिता राम,महागढीमाई नगर संगठन कमिटीको संयोजकमा धुब प्रसाद साह,सह–संयोजकमा महानन्द यादब,परवानीपुर गाउंपालिका संगठन कमिटीको संयोजकमा अमर प्रसाद यादब,सह–संयोजकमा महेश बि.कलाइ तोकेको  प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताए  । त्यसैगरी प्रसौनी गाउंपालिका संगठन कमिटीको संयोजकमा धर्मदेब प्रसाद यादब, सह–संयोजकमा भगवति न्यौपाने,फेटा गाउंपालिका संगठन कमिटी संयोजकमा उसमान अन्सारी,सह–संयोजकमा मालती कुशवाहा त्यसैगरी देबताल गाउंपालिका संगठन कमिटी संयोजकमा कौसल किशोर सिंह,सह–संयोजकः अमर यादब,सुवर्ण गाउंपालिका संगठन कमिटी संयोजकमा बन्दना सिहं लाइ जिम्मेबारी प्रदान गरेको छ । त्यसैगरी पचरौता गाउंपालिका संगठन कमिटीको संयोजकमा सुमन प्रसाद साह, सह–संयोजकमा बिन्दा यादब, बारागढी गाउंपालिका संगठन कमिटीको संयोजकमा धनमाया चौधरी, करैयामाई गाउंपालिका संगठन कमिटी संयोजक दशरथ राम ,सह–संयोजक धनिराम चौधरी र कोतवाल गाउंपालिका संगठन कमिटी संयोजकमा महेन्द्र जैसवाल र सह–संयोजकमा सुरेस यादबलाई जिम्मेबारी दिने निणर्य छ ।
बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवंम प्रदेश नम्बर २ का सह संयोजक  नागेन्द्र चौधरी जिल्ला इन्र्चाज एवम सभासद बलीरर चौधरी,सह इन्र्चाज दिनेश राई,केन्द्रीय सल्लाहकार सदस्य अच्युत मैनाली,नेपाल खेलकुद महासंका केन्द्रीय अध्यक्ष्य एवं सभासद पुरुषोत्तम पौडेल,प्रदेश नम्बर २ का सदस्य भरत खडका,सिता गुरुङ्ग,छबिलाल उप्रति,बिनोद साह,सुरेन्द्र यादब,केन्द्रीय कृषी बिभागका सदस्य पलट चौधरी,केन्द्रीय युवा तथा खेलकुद बिभागका सदस्य किशोर शर्मा लगायतको उपस्थिती रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.