logo

प्रेषण कार्यक्रमको बजेट आउँछ–फिर्ता जान्छ

      4/2/2017 गते 00 00 मा प्रकाशित     1636   पटक पढिएको

वीरगंज, २० चैत । सरकारले गरीब, विपन्नवर्गका लागि ल्याएको प्रेषण कार्यक्रमबारे पर्सा जिल्लामा सरोकारवाला सबै अनभिज्ञ रहेकाले विगत नौ वर्षदेखि यो कार्यक्रमका लागि आउने बजेट त्यत्तिकै छ ।सरकारले २०६४ सालदेखि गरिब विपन्नवर्गका बिरामीहरूलाई लक्षित गरेर सरकारी अस्पतालमा उपचार सम्भव नहुनेलाई चिकित्सकले अन्यत्र रेफर गर्दा बाटो खर्चबापत बढीमा रु २ हजारसम्म दिन सक्ने व्यवस्था गरेको थियो ।

 

२०६४ सालमा राष्ट्रिय निश्शुल्क स्वास्थ्य सेवा कार्यक्रम लागू भए पनि पर्सामा आजसम्म यो सेवा कसैले पाएको छैन । नाउक्षे अस्पतालबाट जिल्लाभित्रकै अन्य अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा चिकित्सककोे सिफारिसमा उपचारका लागि पठाउँदा गरिब, विपन्नवर्गलाई बढीमा रु २ हजारसम्म सवारी सुविधाबापत रकम दिन सकिने व्यवस्था सरकारले गरेको छ । यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सामा गत वर्षसम्म रु ६० हजार आएको थियो भने यस वर्ष रु २५ हजार मात्र आएको छ । ०६४ सालमा लागू प्रेषण कार्यक्रमबारे नाउक्षे अस्पताललाई नै अहिलेसम्म थाहा छैन । अस्पतालका प्रवक्ता रमेश चौधरीले प्रेषण कार्यक्रमबारे आपूmलाई थाहै नभएको प्रतिक्रिया दिए ।

 

अस्पतालका लेखापाल सुबोध यादवले भने प्रेषण कार्यक्रमका लागि रकम आउने गरेको स्विकारे । उनले बजेट आए पनि उपयोग हुन नसकेको बताए । जिल्ला जनस्वास्थ्यले आर्थिक वर्षको अन्तिममा यो शीर्षकमा बजेट पठाउने गरेकोले उपयोगमा आउन नसकेको लेखापाल यादवले प्रतीकलाई बताए । उनले आर्थिक वर्षको शुरुमा जनस्वास्थ्यले बजेट पठाएको वितरण गर्न सकिने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले माग आए दिने भनेर कुर्ने गरेको तर आवको अन्तिमसम्म माग नआए अस्पतालको खातामा राखिने गरेको जनाएको छ । जनस्वास्थ्यले मागै नगरी ढिलो पठाउने भनी अस्पतालले लगाएको आरोपको खण्डन गरेको छ ।

 

यो बजेट सञ्चालनका लागि अस्पतालले पेश्कीबापत रु २० हजारसम्म एकपटकमा लिन पाउँछ । पेश्की सकिएपछि फर्छोट गरी थप पेश्की लिएर पुनः काम गर्न सकिने प्रावधान छ । तर अस्पतालले माग नगर्ने जनस्वास्थ्यले अन्तिममा पठाउने र सरोकारवाला गरिब, विपन्नलाई थाहै नहुने कार्यशैलीले प्रेषण कार्यक्रम सफल हुन सकेको छैन । प्रेषणबापत गरिब, विपन्न वर्गका मानिसलाई यो सेवा प्रदान गर्दा तराईमा २ हजार, पहाडमा ४ हजार र हिमालमा ८ हजार दिने व्यवस्था गरिएको छ । नाउक्षे अस्पतालका लेखापाल यादवले पैसा अन्तिममा आउने र आजसम्म प्रयोग नै नगरी पुनः जनस्वास्थ्यमा पुयाउने गरेको बताए ।

 

सभारःप्रतीक दैनीक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.