logo

भरतपुर अस्पताल सरकारको प्राथमिकता

      4/7/2017 गते 00 00 मा प्रकाशित     1352   पटक पढिएको

चैत्र २५ । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्रि तारामान गुरुङले भरतपुर अस्पतालको सेवालाई प्राथमिकतामा राखेको बताउनु भएको छ । जनताको अस्पतालको रुपमा चिनिएको भरतपुर अस्पतालको सेवाको प्रसंसा गर्दै राज्यमन्त्रि गुरुङले अस्पतालको सुदृढिकरणका लागि डेढ करोडको सहयोगको घोषणा गर्नभएको छ । भरतपुर अस्पतालको ५४ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले अस्पतालको बहिरङ्ग भवनको विकास र मर्मतका लागि मन्त्रालयले  सहयोग गरेको बताउनुभयो ।]

 

अस्पतालको सेवालाई जनमैत्री बनाउन समेत आग्रह गर्नुभयो । अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले नमुना अस्पताल बनाउन आफु लागि परेको बताउनुभयो । केन्द्रिय अस्पतालको रुपमा विकास गर्न उहाँले राज्यमन्त्रि गुरुङलाई आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी सेवा विस्तारको योजना रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

 

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले केन्द्रिय अस्पताल नहुदा  सेवा भनेजस्तो विस्तार गर्न नसकेको  बताउनुभयो । अस्पतालको योजना सुनाउदै डा. मरासीनीले अस्पतालमा एमआरआई सेवा , न्यूरो सर्जरी सेवाको सुरुवात , ट्रमा सेन्टरलाई पूर्ण क्षमतामा संचालन गर्ने तयारी रहेको बतानुभयो । सांसद विष्णुमाया परियारले जनताको स्वास्थ्य सेवामा सधै मुस्कान सहित सेवा दिन आग्रह गर्नुभयो । अस्पताल विरामीको मन्दिर भएको भन्दै विरामीसंग नम्र रुपमा प्रस्तुत हुन अनुरोध गर्नभयो ।

कार्यक्रममा चितवनका राजनैतिक दलका नेताहरुले अस्पतालमा राजनैतिक भर्ना गर्न नहुनेमा जोड दिदै आफुहरुले त्यसमा दवाब नदिने बताए । नेपाली काग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठ , नेकपा एमालेका अरुण पिडित भण्डारी , राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीना , चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट ,नेपाल चिकित्सक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेल ,  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, सहभागीका कार्यकारी निर्देशक शालिग्राम शर्मा ,  अस्पतालका चिकित्सक डा. मनोज कंडेल , , नर्सिङ  प्रशासक सरिता कार्की , लगाएतले बोल्नुभयो । कार्यक्रममा अस्पतालका पूर्व मेसु डा मथुराप्रसाद श्रेष्ठलाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट सेवा गरे वापत हाल र सेवा निबृत्त भएका कर्मचारीलाई सम्मान गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.